बोलेरो दुर्घटनामा ५ को मृत्यु

rss रासस
माघ २४, २०७५

बोलेरो दुर्घटनामा ५ को मृत्यु

सिन्धुली, २४ माघ । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् ।

दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक फिक्कल गाउँपालीका निवासी मानबहादुर सुनुवार र ३४ वर्षीय दीपककुमार सुनुवार गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ६६ वर्षीया माया विश्वकर्मा र ३८ वर्षीय दीपक श्रेष्ठलाई पनि थप उपचारका लागि धुलिखेल पठाइएको जानकारी उनले दिए ।

अन्य घाइते सबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फिक्कलको महादेवडाँडा भन्ने स्थानबाट सिन्धुलीतर्फ आउँदै गरेको वा १५ च ९४२२ नम्बरको डबलक्याप बोलेरोे दुर्घटना भएको हो । बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालेरो सडकबाट २०० मिटर तल खसेको थियो ।

लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार

एजेन्सी
माघ २४, २०७५
लोककवि अलि मियाँलाई हेमराज पहारी स्मृति पुरस्कार
पोखरा, २४ पुस । लोककवि अलि मियाँलाई यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र छ । लोककविलाई साहित्यकार पहारीको नवौं स्मृति दिवस फागुन १७ गते आयोजना हुने समारोहमा मरणोपरान्त सम्मानित गरिने हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले बताइन् । साहित्यकार अनील पौडेल संयोजक र सदस्यद्वय नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ र साहित्यकार सुमन श्रापित रहेकोे प्रतिभा छनोट समितिले अलि मियाँलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । यसअघि यो पुरस्कारबाट वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र…

पोखराको अर्मलामा पर्वतीय दौड हुने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
पोखराको अर्मलामा पर्वतीय दौड हुने
पोखरा, २४ माघ । पोखरा महानगरपालिका—१६ स्थित अर्मलामा १० किलोमिटर पर्वतीय दौड, पुरुष भलिबल र परम्परागत खेल छेलो हान्ने प्रतियोगिता हुने भएको छ । श्रीपंचमीको अबसर पारी माघ २७ गते आयोजित प्रतियोगिताहरु मध्ये छैटौ पटक आयोजित १० किलोमिटर पर्वतीय दौड पोखराको बाटुलेचौरबाट शुरु भई अर्मला कोटमा पुगेर सम्पन्न हुने क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद १५, १० र ५ हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन…