बढुवामा असन्तुष्टी व्यक्तगर्दै एसपीले दिए राजीनामा

एजेन्सी
माघ २८, २०७५

बढुवामा असन्तुष्टी व्यक्तगर्दै एसपीले दिए राजीनामा

काठमाण्डौ २८ माघ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा असन्तुष्टी व्यक्त गर्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले आइतबार पदबाट राजीनामा दिएका छन् । शनिबार १४ जना एसएसपीको बढुवा हुँदा छुटेपछि उप्रेतीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजीनामा पत्र बुझाएका हुन्।

उनको राजीनामाबारे निर्णयार्थ प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पठाउने तयारी गरेको छ। एसएसपी बढुवामा आवश्यक अंक नपुगेका कारण उनलाई समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृहको भनाइ छ।

बढुवामा अन्याय भयो, तर, केही गुनासो छैन। मैले स्वतन्त्र जीवन जिउने निर्णय गरेँ। सरकारको निर्णय, संगठनले निर्णय मान्छु। जागिर खाने नखाने मेरो कुरा हो,’ उप्रेतीले भने। २४ वर्ष संगठनमा बिताउँदा खुसी रहँदारहँदै पनि शनिबारको निर्णयले आफूलाई मर्माहत बनाएको उनको दुखेसो छ ।

संगठन र सरकारले कमजोर भनेपछि पदमा बस्न मन लागेन,’ उप्रेतीले भने, ‘म हिजोसम्म खुसी थिएँ, अब संस्थाभित्र बसेर खुसी हुन सक्दिनँ भन्ने लाग्यो र राजीनामा दिएँ।’ आगामी दिनमा प्रहरी संगठनकै हितमा काम गर्ने बताउँदै उप्रेतीले स्वतन्त्र जीवन बिताउन चाहेको बताए।

उप्रेती महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए। शनिबार राति गृह मन्त्रालयले १४ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो। बढुवासूचीमै रहे पनि अंक नपुगेका कारण उनको नाम समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृह स्रोतले बतायो।

दुर्घटना नियन्त्रण गर्न एप प्रयोग

एजेन्सी
माघ २८, २०७५
दुर्घटना नियन्त्रण गर्न एप प्रयोग
बुटवल, २८ माघ । सवारी दुर्घटना नियन्त्रण गर्न नेपाल प्रहरीले ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ । विशेषगरी लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो । पाँच नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल १२ भूमहीमा उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको छ । सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीले चालकको फोटोसहितको विवरण लिएर उक्त एप प्रयोगमा ल्याएका हुन् । यो एप प्रयोगमा आएपछि लामो दूरीमा संचालन हुने सवारी साधनले कानुनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको…

पूर्व उपप्रधानमनत्री अधिकारीको स्वासथ्यमा सुधार

rss रासस
माघ २८, २०७५
पूर्व उपप्रधानमनत्री अधिकारीको स्वासथ्यमा सुधार
काठमाण्डौ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ । श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन्। गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो। अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान…