प्रवासबाट नेपालमा सहयोग

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५

प्रवासबाट नेपालमा सहयोग

पोखरा, २८ माघ । अष्ट्रेलिया सिड्नीस्थित सगरमाथा फुटबल क्लबले बोत्तल उठाएर संकलन गरेको रकमबाट पोखरा–१६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरेको छ।

विद्यालयमा आयोजित एक समारोहमा क्लब प्रशिक्षक शिव तामाङले सोमबार विद्यालय प्रअ कृष्णकुमारी जोशी, विद्यालय अध्यक्ष चन्द्रकान्त आचार्य र वडा सदस्य राजेश गुरुङलाई सो मेसिन संयुक्त हस्तान्तरण गरेका हुन्।

‘बोत्तल फर एजुकेशन एण्ड फुटबल’ भन्ने नाराका साथ क्रियाशील फुटबल क्लबले यसअघि पनि विभिन्न सहयोग गर्दै र्आएको छ। क्लबमा हाल ३० जना खेलाडी छन्।

क्लब प्रशिक्षक तामाङले नेपालमा केही गरौं भन्ने उद्देश्यले आफूहरुले अष्ट्रेलियाका विभिन्न रेष्टुरेष्ट, पव सेन्टर तथा घरघरमा फालिएका पुराना बोत्तल संकलन गरी उठेको रकमबाट विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए। सो सहयोगप्रति विद्यालय परिवारले आभार प्रकट गरेको छ।

क्लबले नेपालबाट अष्ट्रेलियामा विभिन्न प्रयोजनले जाने नेपालीलाई आवश्यक सल्लाह, सुझाव तथा सहयोग गदैर्आएको क्लब सदस्य समेत रहेका पोखराका फोटोपत्रकार राम गुरुङले जानकारी दिए।

नेपाली मिलेर सन् १९९९ मा स्थापित सो फुटबल क्लब पुरानो फुटबल क्लबमध्ये पर्दछ। हाल अष्ट्रेलियामा प्रवासी नेपालीकै दुई दर्जन बढी फुटबल क्लब छन्।

अख्तियार बुटवलमा झण्डै हजार उजुरी

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
अख्तियार बुटवलमा झण्डै हजार उजुरी
बुटवल, २८ माघ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले भ्रष्टाचार न्यूनीकरणको लागि प्रतिबद्धता जाहेर गरेर मात्र नहुने बताएका छन्। प्रतिबद्धता अनुसार काम गरेर देखाउनु पर्ने बताउँदै राज्यका महत्वपूर्ण निकायले पूर्ण रुपमा अनुगमन गर्नुपर्ने उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १८ औं स्थापना दिवस अवसरमा सोमबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले नागरिक समाज, पत्रकार जागरुक बन्न सके भ्रष्टाचार न्यूनीकरण हुने बताए। मुख्यमन्त्री शंकर पोखरेलले आयोगले अनुसन्धानलाई प्रभावकारी बताउनुपर्ने बताए । उनले आयोगमा उजुरी बढ्दैमा भ्रष्टाचार बढेको मान्न नसकिने बताए। गलत नियतका कारणले उजुरी बढ्दा विकास निर्माणमा अवरोध सिर्जना भएको मुख्यमन्त्री पोखरेलले बताउँदै अब्यवहारिक कानून निर्माणले गर्दा पनि भ्रष्टाचार बढेको…

वडाध्यक्ष कुमाल कारागार चलान

rss रासस
माघ २९, २०७५
वडाध्यक्ष कुमाल कारागार चलान
दमौली, २९ माघ । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा गत वैशाख २५ गते ती युवतीलाई जबर्जस्ती करणी गरेको भन्दै नवलपुर प्रहरीमा उजुरी परेको थियो । अदालतको आदेश…