प्रथम फेवा आइडलको उपाधि रामबजार पुन समाजलाई

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५

प्रथम फेवा आइडलको उपाधि रामबजार पुन समाजलाई

पोखरा, १३ माघ : फेवा टेलिभिजनद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सामूहिक लोकसांस्कृतिक नृत्य प्रतियोगीता “फेवा आइडल–२०७५”को उपाधि रामबजार पुन समाज कास्कीले हात पारेको छ ।

पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न उक्त फाईन प्रतिष्पर्धामा १४ वटा विभिन्न समुहले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

नेपाल सरकारले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को नारालाई सार्थक पार्न गण्डकी प्रदेशमा लुकेर रहेको संस्कृतिको संरक्षण र संवद्र्धनका साथै पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक लीलाबहादुर जिसीले जानकारी दिएका हुन् ।

उहाँका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न ९ जिल्लाबाट कला र सांस्कृतिक नृत्य सहित विभिन्न जातजाति, भाषा–भाषी र भेषभूषाको पहिचान सहित  २ सय भन्दा बढी टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगीताको अन्तिम प्रतिष्पर्धामा लालीगुराँस पुन मगर समाज लामाचौर, घाँसीकुवा कौरा समूह तनहुँ, पोचोको तमु समाज कास्की, सिम्ले जामुने समुह लमजुङ, नवयुवा क्लब सिरुबारी स्याङ्जा, नेवाः समाज छाङछाङदी स्याङ्जा र झिं सिर्जनशील नेवाः समाज तनहुँ रहेका थिए ।

यस्तै, सल्यान खन्डाँडा टाउ घडेरी तमु समाज स्याङ्जा, धर्मोदय दशावतार बालन समूह रामपुर पाल्पा, अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे नवलपुर, पुन मगर समाज  ढुङ्गेपाटन, कास्की, ज्यामिरे आमा बाबा समूह स्याङजा, पार्वती गुफा हरिकीर्तन समूह पर्वत र रामबजार पुन समाज कास्की अन्तिम प्रतिष्पर्धामा थिए ।

प्रतियोगीतामा पहिलो स्थान प्राप्त गर्न सफल रामबजार पुन समाज कास्कीले पोखराले नगद ३ लाख ५० हजार रुपैयाँको साथमा ट्रफि, द्वितीय हुने झिं सिर्जनशील नेवाः समाज तनहुँले नगद २ लाख, तृतीय हुने सल्यान खन्डाँडा टाउ घडेरी तमु समाज स्याङ्जाले नगद १ लाख ५० हजार र सान्त्वना प्रप्त गर्न सफल धर्मोदय दशावतार बालन समूह रामपुर पाल्पा साथै अमलटारी मध्यवर्ती सामुदायिक होम स्टे नवलपुरले नगद रू १/१ लाख रुपैयाँ पुरस्कार पाप्त गरेका छन् । बिजयी टोलीहरुलाई गण्डकी प्रदेशका सांसद् एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला “रुपक”, टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेल, प्रबन्ध निर्देशक लीलबहादुर जिसीलगायतले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगिताको बेष्ट भ्यूअर च्वाइस अवार्ड नवयुवा क्लब सिरुवारी स्याङ्जाले प्राप्त गर्न सफल भयो । जस अन्तर्गत नगद ३० हजार रुपैयाँ समेत प्राप्त गरेको छ । प्रतियोगीताका बाँकी १० समूहले नगद ३०÷३० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्राप्त गरेका छन् । गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाति, भाषा भाषी, सांस्कृतिक पहिचानसहित स्थानीयस्तरमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा समेत उक्त प्रतियोगीताले  टेवा पुर्याउने छ । यसअघि, फेवा आइडलको ग्राण्ड फिनालेको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

सन्ध्यामा जम्यो गजलको मेहफिल

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
सन्ध्यामा जम्यो गजलको मेहफिल
पोखरा, १३ माघ : पोखरामा हुँदै आएको नियमित गजल वाचनको शृंखलामा शनिबार डेढ दर्जन गजल सुनिएका छन् । वाचनको १ सय ८७ औं शृंखलामा विभिन्न विषयका डेढ दर्जन गजल सुनिएका छन् । गजल सन्ध्या पोखराले महिनाको दोस्रो शनिबार ‘गजलको उत्थानः हाम्रो अभियान’ नारासहित दिएर डेढ दशकभन्दा लामो समयदेखि नियपिमत गजल वाचनको शृंखला चलाउँदै आएको छ । गजलमा कलम चलाइरहेका पुराना पुस्तादेखि भर्खर कलम दौडाउन सुरु गरेका गजलकारसम्म शनिबार वाचनमा सहभागी बने । गजलकारले सरकारमाथि ब्यंग्यमात्रै गरेनन्, खबरदारी पनि गरे । निमैला हत्याकाण्डदेखि समासामायिक विषयमा लेखिएका गजल एकै मञ्चमा गुञ्जियो । कार्यक्रममा काठमाडौंदेखि पोखराको गजल वाचनमा सहभागी भएका बाबु त्रिपाठीले ३…

पाउँदुर महोत्सव हुने

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
पाउँदुर महोत्सव हुने
हेमजा, १२ माघ। अन्नपूर्ण गाउँपालिका ३ मा आगामी वर्ष पाउँदुर महोत्सव हुने भएको छ। शनिवार बसेको वडा भेलाले पाउँदुर युवा संजाल तथा वडा कार्यालयको संयुक्त आयोजनामा महोत्सव गर्ने निर्णय गरिएको हो । महोत्सव पाउँदुरको पहिचानसँग जोडिने वडाध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । यसबारे सरोकारवालाबीच थप छलफल गरी चाँडै नै मिति तय गरिने वडाध्यक्ष गुरुङको भनाइ छ। महोत्सवमा कृषि तथा जडिबुटी प्रदशएनी, पाउँदुरको संस्कृतिको पहिचान तथा अन्य विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने भेलाले निर्णय गरेको छ। सो भेलाले मुख्यमन्त्री कृषि कार्यक्रमबारे पनि छलफल गरेको छ।…