पोखरा भरतपुर उडान भरिने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५

पोखरा भरतपुर उडान भरिने

पोखरा, माघ २४ । काठमाडौंबाट ६ वटा ठाउँमा उडान गर्दै आएको श्री एयरलाइन्सले फागुन अन्तिमबाट पोखरा र भरतपुरमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सले बमवार्डियर क्यू ४०० जहाजबाट काठमाडौं (पोखरा (काठमाडौं उडान गर्ने तयारी थालेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि कम्पनीले पाइलटलाई तालिमका लागि इथोपियन एयरको तालिम केन्द्रमा पठाउने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा दुई वटा जहाजबाट घरेलु उडान गर्न सुरु गर्ने जनाएको छ । पोखरा र भरतपुरमा उड्ने जहाज ७८ सिटका हुनेछन् ।

एयरलाइन्सले बम्बार्डियर कम्पनीले बनाएको टर्बोपर्प इन्जिन ल्याउन लागेको हो ।श्री एयरलाइन्सले अन्तर्रा्िष्ट्रय उडानको अनुमति पाएको छ । करिब २ वर्षदेखि लाइसेन्सका लागि प्रक्रियामा गएको श्रीले सोमबार लाइसेन्स पाएको कम्पनीले जनाएको छ । गतवर्षको भदौबाट व्यावसायिक यात्रा सुरु गरेको श्री एयरलाइन्सले पहिलो पटक अन्तर्रा्िष्ट्रय लाइसेन्स पाएको हो ।

श्रीले तीन वटा जहाज उडाउन सक्छ । उक्त कम्पनीसँग चार वटा जहाज भएपनि अन्तर्रा्िष्ट्रय उडानका लागि तीन वटाको मात्र अनुमति छ । श्रीसँग बम्बार्डिएरको ५० सिटका दुइटा र ७० सिटका दुइटा गरी चार वटा जहाज छन् ।

जापानी पत्रकारलाई यमन जान रोक

एजेन्सी
माघ २४, २०७५
जापानी पत्रकारलाई यमन जान रोक
टोकियो, २३ माघ । जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस चलेको थियो । उक्त बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो । स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन अधिकारीहरुले टोकियोस्थित हानेदा विमानस्थलमा आफूलाई रोकेको जानकारी दिए । उनले आफ्नो पासपोर्ट समेत सरकारी अधिकारीलाई बुझाउन आदेश दिइएको बताए ।…

दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

rss रासस
माघ २४, २०७५
दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता
कम्पाला, २४ माघ । दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरु स्वदेश फर्किएका हुन् । दक्षिणी सुडानबाट विस्थापित भएर युगाण्डा पुगेका उनीहरु स्वतः स्फुर्तरुपमा स्वदेश फर्किएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्च आयोगका तर्फबाट युगाण्डामा रहेका प्रतिनिधि जोएल बौट्रोयले २० हजारभन्दा बढी शरणार्थी घर फर्किएको जानकारी दिए । सरकारले स्वदेश फर्किनेहरुको सङ्ख्या हामीले भनेको भन्दा धेरै…