पोखरा फाइनान्सद्वारा डस्टविन वितरण

एजेन्सी
माघ २३, २०७५

पोखरा, २२ माघ । पोखरा फाइनान्स लिमिटेडले पोखरा ढुंगेपाटनमा रहेको पोखरा विश्वविद्यालय परिसरको लागि आधुनिक डस्टविनहरु वितरण गरेको छ।

फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ पोखरा विश्वविद्यालयलाई ४० थान आधुनिक डस्टविनहरु सहयोग गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए।

कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका निदेर्शक डा रवीन्द्र घिमिरे, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ, वित्तीय संस्थाका कर्मचारीहरु, विश्वविद्यालयका कर्मचारी र बिधार्थी लगायतको उपस्थिति रहेको थियो।

भारतीय कामदारले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने

एजेन्सी
माघ २३, २०७५
भारतीय कामदारले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने
पोखरा, २३ माघ । सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनु पर्ने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । विभागका कारखाना निरीक्षक प्रशान्त शाहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरेको पाइए श्रम स्वीकृति लिन भनी प्रतिष्ठानलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ ।’ साथै प्रतिष्ठानको नाम, कार्यरत गैरनेपाली श्रमिक भए उनीहरुको नाम,…

गण्डकी मेडिकल कलेज बन्द, अस्पताल घेराउ

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
गण्डकी मेडिकल कलेज बन्द, अस्पताल घेराउ
पोखरा, २१ माघ । बढी शुल्क लिएको गुनासो गर्दै विद्यार्थी आन्दोलित भएपछि गण्डकी मेडिकल कलेज, पोखरामा तनावमा छ। इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) ले तोकेभन्दा बढी रकम कलेजलाई बुझाउनुपरेको विद्यार्थीको गुनासो छ। नर्सिङततर्फ आईओएमले ४ वर्षका लागि ७ लाख ४८ हजार र एमबीबीएसतर्फ ५ वर्षका लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ। तर कलेजले आईओएमको मापदण्डभन्दा ५ देखि १५ लाख रुपैयाँ बढी रकम मागेको छ। ‘आईओएमले स्पष्ट खुलाएरै पढाइ शुल्क तोकेको छ,’ एक विद्यार्थीले भने, ‘कलेज चाहीँ त्यो शुल्कमा पढाउन…