पोखरामा विहानैवाट मौसम खुल्यो

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५

पोखरामा विहानैवाट मौसम खुल्यो
पोखरा, २७ माघ । केही दिनदेखि जारी वर्षा र हिमपात रोकिएर छ, आइतबार विहानैदेखि पोखरा तथा वरपरका गाउँमा मौसम खुलेको छ, घाम लागेका छन्, हिमालहरु ढपक्क हिउले ढाकिएको दृष्य देख्न सकिन्छ ।

पोखरावाट विहानै माछापुच्छ«े, धौलागिरी र अन्नपूर्ण हिम श्रृंखला दृष्यावलोकन गर्नेको सराङकोट तथा पोखराका विभिन्न स्थानमा भिड नै देखिन्थ्यो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बाहिरिएकाले आइतवार बिहानदेखि मौसममा सुधार आएको वताए । पुन पश्चिमी क्षेत्रबाट अलि कमजोर किसिमको न्यून चापीय प्रणाली भित्रिएकाले पोखरा लगायत पश्चिमी क्षेत्रमा पानी पर्न सक्ने भनाई मौसमविद्को छ ।

पोखरामा विहानैवाट मौसम खुल्यो

दुई दिन अघिको पानी पार्ने शक्तिशाली किसिमको न्यून चापीय प्रणाली भने बाहिरिसकेका कारण ठूलो पानी पर्ने सम्भावना भने छैन् । पश्चिमको बादल पूर्वतर्फ सर्दै आउने भएकाले सोमबार काठमाण्डौमा पानी पर्ने सम्भावना भने देखिएको छ ।
उक्त प्रणालीले मंगलबारसम्म देशका विभिन्न ठाउँमा छिटफुट वर्षाको सम्भावना देखिएको छ ।

तीन दिनसम्मको मौमस अनुमान गर्न सकिने भएकाले आगामी मंगलबारसम्म मौसम गडबड नै देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि बिहीबारदेखि लगातार वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको थियो।

भारतीय पर्यटन व्यवसायीले भने नेपालमा सडक र हवाई सेवामा सुधार गर

rss रासस
माघ २८, २०७५
भारतीय पर्यटन व्यवसायीले भने नेपालमा सडक र हवाई सेवामा सुधार गर
पोखरा, २८ माघ । नेपालमा हवाई सञ्जाल फैलाउन आवश्यक देखिएको आइतबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिएको उत्तरपूर्वी भारतको प्रवद्र्धनात्मक भ्रमणको आइतबार समापन कार्यक्रममा परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस्तो कुरामा जोड दिएका हुन् । भारतीय पर्यटन व्यवसायीले नेपालको हवाई सेवालाई प्रभावकारी बनाउन सुझाव दिएपछि परिषद्ले प्रतिनिधिले नेपालमा हवाई सेवाको सञ्जाल विस्तार गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नेपाल —भारतको काँकडभिट्टा सीमाना नजिकैको चन्द्रगढी विमानस्थलबाट पोखरा सिधा हवाई सम्पर्क नभएको प्रति त्यहाँका पर्यटन व्यवसायीको गुनासो गरेका थिए । अध्यक्ष पोखरेलले सिधा हवाई सेवाका साथै त्यहाँसम्म पुग्ने…

टिपरको ठक्करबाट एककोे मृत्यु

rss रासस
माघ २७, २०७५
टिपरको ठक्करबाट एककोे मृत्यु
विराटनगर, २७ माघ । विराटनगर महानगरपालिका–२ बरगाछीमा आइतबारविहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएको थियो । उक्त शव परीक्षका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले…