पोखराको लेकसाइडमा बालकको हत्या

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५

पोखराको लेकसाइडमा बालकको हत्या

पोखरा, २९ माघ । पोखरा –६ लेकसाइडमा १४ वर्षीय बालकको सोमबार राति हत्या भएको छ । पाल्पा जिल्ला घरभई पोखराको लेकसाइडमा आमा सुनीतासँग बस्दै आएका सचिन सिँजालीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।

हत्या गरिएको अवस्थामा मंगलवार विहान लेकसाइडको हल्लनचोक स्थित एक निमार्णाधिन घरको भूइतलामा उनको शव भेटिएको हो । उनका बाबु गोविन्द भने १२ बर्षदेखि पत्नी सुनीतासँग सँगै नवसेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न भएको आशङ्कामा दुई तीन जनालाई पक्राउ गरिएको र हत्यामा सम्लग्न व्यक्ति छिट्टै पहिचान खुल्ने वडा प्रहरी कार्यालय वैदामका डियस्पी नवीन कार्कीले वताए । घटनाको वारेमा थप अनुसन्न्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरक्षिक तथा प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाखोरमा राखिएको छ । वालककी आमा सुनीता पोखराको लेकसाइड स्थित एक स्पा मा काम गर्दै आएकी छन् ।

केरा बेचेर वार्षिक ५० लाख आम्दानी

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
केरा बेचेर वार्षिक ५० लाख आम्दानी
गलेश्वर, २९ माघ । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रुपैयाँसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन् । खबराका अगुवा कृषक शोभित सापकोटाका अनुसार यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५०…

पहिलो पटक स्याङ्जा आँधीखोला महोत्सव

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
पहिलो पटक स्याङ्जा आँधीखोला महोत्सव
स्याङ्जा, २८ माघ। स्याङ्जा च्याम्बर अफ कमर्शले फागुन १७ देखि प्रथम स्याङ्जा आँधीखोला महोत्सव गर्ने भएको छ। पुतलीबजार–१ स्थित मालेबगर खेलमैदानमा महोत्सव गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले महोत्सव मार्फत स्याङ्जाको पहिचान देश विदेशमा पु¥याउनुका साथै जिल्लामा उत्पादित वस्तु प्रचारप्रसार गर्ने अवसर सदुपयोग गर्न आग्रह गरे। महोत्सव सफल बनाउने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैले सहयोग गरे महोत्सव सफल बनाउनु पनेर्मा जोड दिए। पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री,…