पोखराको पर्यटन विकासबारे सिलगुडीमा अन्तर्क्रिया

एजेन्सी
माघ २४, २०७५

पोखराको पर्यटन विकासबारे सिलगुडीमा अन्तर्क्रिया

पोखरा, २३ माघ।  भारतको सिलगुडीमा मंगलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे छलफल भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसन आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मंगलबार सिलगुडी आइपुगेको हो।

मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपनेर्मा जोड दिए। वक्ताले अफ्गानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुंगिने चर्चा गर्दै यस क्षेत्रको संयुक्त पर्यटकीय विकास गर्नुपर्ने धारणा राखे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस क्षेत्रको पर्यटकीय विकासमा साझेदारी गर्न आफूहरू इच्छुक रहेको बताए। पोखरामा हेर्नै पर्ने धेरै पर्यटकीय आकर्षण स्थल रहेको र प्रकृतिका मनोरम दृश्यका साथै साहसिक पर्यटनका विविधता पोखरामा पाउन सकिने जानकारी पोखरेलले दिए।

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकीय साझेदारीको लक्ष्यका साथ पोखरा पर्यटन परिषद्को ५ वर्षअघि इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनसँग सम्झौता भएको स्मरण गर्दै भौगोलिक अवस्थिति, संस्कृति आदि समेतका आधारमा यस क्षेत्रसँगको सहकार्य महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन्। नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७ दशमलव शून्य नौ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको तथ्यांकले देखाउँछ।

सन् २०१८ मा भारतबाट २ लाख ४३८ पर्यटक हवाई मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन्। नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ।

इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनका महासचिव सन्दिपन घोषले क्षेत्रीय तथा अन्तराष्ट्रिय पर्यटनका लागि नेपाल महत्वपूर्ण गन्तव्य भएको बताए।

पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलाई अभैm बलियो बनाउन आफूहरू प्रतिबद्ध भएको बताउँदै उनले मार्टमा नेपालको सहभागिता यसैको महत्वपूर्ण कडी भएको स्पष्ट पारे।

मार्टमा पोखरा पर्यटन परिषद्बाट वषेर्नी सहभागिता रहँदै आएको कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए। ‘मार्टमा सहभागितासँगै हामी यहाँका पर्यटन व्यवसायीसँग व्यापार आदानप्रदान (विटुवी)को कार्यक्रम समेत राखेका छौं,’ उनले भने, ‘पोखराका पर्यटकीय गतिविधिका साथै विविध सांस्कृतिक पक्ष लगायतबारे जानकारी गराउने गरी बुधवार पोखरा साँझ पनि आयोजना गर्न लागिएको छ।’

सिलगुडीको बङ्गाल ट्राभल मार्टसँगै आसामको राजधानी गुहाटीमा पनि बुधबारदेखि दुईदिने प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको संयोजक सिग्देलले जानकारी दिए। पोखराको पर्यटन प्रवद्र्धन टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई काँकरभिट्टा हुँदै ठूलो संख्यामा भारतीय पर्यटक नेपाल जाने भए पनि काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलसम्म पुग्ने बाटो अहिलेसम्म कालोपत्रे नहुँनु दुर्भाग्य भएको बताए।

सिद्धार्थ माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
सिद्धार्थ माविको वार्षिकोत्सव
पोखरा, २३ माघ । स्याङ्जा फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको ४४ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ। फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरी शिक्षा प्रदान गर्न सुझाव दिए । गाउँपालिका उपाध्यक्ष देवी थापाले शैक्षिक वातावरण, शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका परिपूरक भएको भन्दै अभिभावकले पनि विद्यार्थीको पढाइ तथा विद्यालयबारे समय–समयमा जानकारी लिनुपर्ने बताइन्। कार्यक्रममा वडाध्यक्ष हिमालयजंग बानियाँ, सिद्धार्थ माविका स्रोतव्यक्ति लक्ष्मण शर्मा पनेरु, पूर्व शिक्षक दिवाकर सुवेदी लगायत बोलेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ मनोजकुमार शर्माले शैक्षिक प्रतिवेदन, लेखापाल दीपक पौडेलले आर्थिक प्रतिवेदन…

विज्ञानमा महिला पुरस्कारका लागि आवेदन खुला

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
विज्ञानमा महिला पुरस्कारका लागि आवेदन खुला
पोखरा, २३ माघ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले हरेक वर्ष वितरण गर्दै नासो विज्ञानमा महिला पुरस्कार २०१९ का लागि आवेदन खुला गरेको छ। नासोले हरेक वर्ष दुई विधामा पुरस्कार वितरण गर्दै आएको छ। उक्त पुरस्कारका लागि सहभागी हुन चाहने ईच्छुक व्यक्तिले यही फागुन १५, २०७५ सम्म अनलाइनमार्फत् आफ्नो पूर्ण विवरणसहितकोआवेदन दर्ता गर्न सक्ने नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। दुई विधामा प्रदान गरिने उक्त पुरस्कारमा व्यवसायिकतर्फ २५ हजार नगद्, प्रमाणपत्र तथा ट्रफी प्रदान रहेको छ। यसैगरी, विधार्थीतर्फ १५ हजार नगद,…