पोखराको अर्मलामा पर्वतीय दौड हुने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५

पोखराको अर्मलामा पर्वतीय दौड हुने
पोखरा, २४ माघ । पोखरा महानगरपालिका—१६ स्थित अर्मलामा १० किलोमिटर पर्वतीय दौड, पुरुष भलिबल र परम्परागत खेल छेलो हान्ने प्रतियोगिता हुने भएको छ ।

श्रीपंचमीको अबसर पारी माघ २७ गते आयोजित प्रतियोगिताहरु मध्ये छैटौ पटक आयोजित १० किलोमिटर पर्वतीय दौड पोखराको बाटुलेचौरबाट शुरु भई अर्मला कोटमा पुगेर सम्पन्न हुने क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद १५, १० र ५ हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितीयले २५ हजार रनिङ कप, पदक तथा प्रमाणपत्र पाउने वताइएको छ ।

१६ वर्ष उमेर समूह माथिको छेलो प्रतियोगितामा प्रथम हुनेले तीन हजार, भाङग्रा, फेता र प्रमाण पत्र , द्वितीयले एक हजार, प्रमाणपत्र प्राप्त गर्ने छन् । १६ वर्ष उमेर समूह भन्दा मुनिकाले क्रमश नगद एक हजार, पाँच सय पाउनेछन ।

उक्त पुरुस्कारको प्रायोजन अर्मलाकोट यूके परिवारको मुख्य प्रायोजन र अर्मला विकास मञ्च सह प्रायोजनमा हुन लागेको हो । यूके निवासी शेरा गुरुङ, सम्मर बहादुर गुरुङ, जीवन गुरुङ र बुद्धि गुरुङको आर्थिक सहयोग रहने छ ।

बोलेरो दुर्घटनामा ५ को मृत्यु

rss रासस
माघ २४, २०७५
बोलेरो दुर्घटनामा ५ को मृत्यु
सिन्धुली, २४ माघ । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चालक फिक्कल गाउँपालीका निवासी मानबहादुर सुनुवार र ३४ वर्षीय दीपककुमार सुनुवार गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ६६ वर्षीया माया विश्वकर्मा र ३८ वर्षीय दीपक श्रेष्ठलाई पनि थप उपचारका लागि धुलिखेल पठाइएको जानकारी उनले…

नेविसंघका सात विद्यार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
नेविसंघ नेतालाई फौजदारी मुद्दा लगाउनु गम्भीर : काँग्रेस
पोखरा, २४ माघ । पोखराको मासवारमा एक हप्ता अघि सरकारी गाडी जलाएको आरोपमा हिरासतमा रहेका तीन विद्यार्थीको रिहाइको माग गर्दै विहीबार पोखरा महानगरपालिका घेराउ गर्न गएका सात विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्यार्थी संघका सात विद्याथीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सात विद्यार्थीलाई कार्यालय समय सकिएपछि साँझ पाँच वजे छाडिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकरी दिए । विद्यार्थीले महानगरीय शिक्षा महाशाखाको काममा बाधा पु¥याएको आरोपमा ती विद्यार्थीलाई पक्राउ गरेको हो । पक्राउ…