पूर्व उपप्रधानमनत्री अधिकारीको स्वासथ्यमा सुधार

rss रासस
माघ २८, २०७५

पूर्व उपप्रधानमनत्री अधिकारीको स्वासथ्यमा सुधार
काठमाण्डौ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ ।

श्वासप्रश्वासलगायत समस्या देखिएपछि अधिकारी चार दिनदेखि सुकेधारास्थित ह्याम्स अस्पतालमा उपचाररत छन्। गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारमा सुधार नभएपछि यही माघ २५ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

अधिकारीलाई श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। अधिकारीको स्वास्थ्य सामान्य सुधारोन्मुख रहेको उपचारमा संलग्न डा भगवान कोइरालाले जानकारी दिए। अधिकारीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको छ’ उनले भने। अधिकारीको उपचारमा डा अर्जुन कार्की, डा राजु पँगेनी, डा कोइराला, डा मनबहादुर केसीलगायत संलग्न छन्।

अधिकारीकी धर्मपत्नी सबिता अधिकारीका अनुसार मेडिसिटी अस्पतालमा एक महीना राख्दा पनि सुधार नआएपछि ह्याम्स अस्पताला भर्ना गरिएको हो। बाहिर हल्ला आएजस्तो उपचारमा कुनै लापर्वाही नभएको बरु उपत्यकाका विशिष्ट चिकित्सकसँग परामर्श गरेर थप उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको उनले बताए। बयासी वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन्।

बढुवामा असन्तुष्टी व्यक्तगर्दै एसपीले दिए राजीनामा

एजेन्सी
माघ २८, २०७५
बढुवामा असन्तुष्टी व्यक्तगर्दै एसपीले दिए राजीनामा
काठमाण्डौ २८ माघ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा असन्तुष्टी व्यक्त गर्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले आइतबार पदबाट राजीनामा दिएका छन् । शनिबार १४ जना एसएसपीको बढुवा हुँदा छुटेपछि उप्रेतीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजीनामा पत्र बुझाएका हुन्। उनको राजीनामाबारे निर्णयार्थ प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पठाउने तयारी गरेको छ। एसएसपी बढुवामा आवश्यक अंक नपुगेका कारण उनलाई समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृहको भनाइ छ। बढुवामा अन्याय भयो, तर, केही गुनासो छैन। मैले स्वतन्त्र जीवन जिउने निर्णय गरेँ। सरकारको निर्णय, संगठनले निर्णय मान्छु। जागिर खाने नखाने मेरो कुरा हो,’ उप्रेतीले भने। २४ वर्ष संगठनमा बिताउँदा खुसी रहँदारहँदै पनि शनिबारको…

स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका

rss रासस
माघ २८, २०७५
स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका
गलेश्वर, २८ माघ । म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ । आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिए । समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम…