पुष्पसदनमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

पोखरा, २८ माघ । पोखरा —११ फूलवारी स्थित पुष्पसदन एकेडेमीले सरस्वती पूजा,अक्षरारम्भ एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

श्रीपन्चमी अर्थात् वसन्त पञ्चमीको दिन विद्यालयको परिसरमा अवस्थित सरस्वतीको मन्दिरमा विद्यार्थी, शिक्षा र अभिभावकले पूजा गरेका थिए ।

सो अवसरमा विद्यालय प्रवेश गर्ने उमेर समूहका स—साना बालबालिकालाई अक्षरारम्भ गराइएको थियो । अक्षर चिन्ने तथा लेख्न सिक्ने शुभ साइत पारेर करिब चालीस जना बालबालिकालाई अक्षरारम्भ एवम् भर्ना गराइएको वताइएको छ । साथै गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ण विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयका प्राचार्य भिमप्रसाद न्यौपानेले सभापतित्व उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

धनञ्जय गोत्रीय भण्डारी समाजमा खेमराज

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
पोखरा, २८ माघ । धनञ्जय गोत्रीय भण्डारी समाज, पोखरा–२१ निर्मलपोखरी खच्र्याङको नयाँ कार्यसमिति चयन भएको छ । समाजको सम्पन्न १४ औं साधाणसभा तथा आठौं अधिवेशनले पुनः खेमराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको सचिव यज्ञप्रसाद भण्डारीले जानकारी दिए । कार्यसमितिमा उपाध्यक्ष सीता भण्डारी, सचिव यज्ञप्रसाद भण्डारी, सहसचिव नवराज भण्डारी र कोषाध्यक्ष पवित्रमणि भण्डारी छन् । सदस्यमा हरिप्रसाद, लोकराज, सरिता, बिमला, टीकाराम र हरिप्रसाद भण्डारी चयन भए। कार्यसमिति २ वर्षको हुनेछ । प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष शोभाखर भण्डारीले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथिसहित समाजका पूर्व कोषाध्यक्ष रघुनाथ भण्डारी, पूर्व सचिव सोमनाथ भण्डारी, पूर्व अध्यक्ष एवं सल्लाहकार तारानाथ भण्डारी,…

कास्कीमा पुस्तक दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
कास्कीमा पुस्तक दिवस मनाइयो
माघ २८ पोखरा । छैटौ राष्ट्रिय पुस्तक दिवसको अवसरमा आइतवार पोखरामा पुस्तक दिवस मनाइएको छ । कास्कीले मादी गाउँपालिका —७ छाचोक स्थित कालिका आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरी नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ कास्कीले पुस्तक दिवस मनाएको हो । उक्त विद्यालयमा अध्यनरत विद्यार्थीलाई चालिस हजार रुपैयाँ बराबरको झोला, स्टेशनरी सामाग्री र खेलकुदका सामाग्री प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष मोहन सापकोटाले जानकारी दिए । महासंघले हरेक बर्ष बसन्तपञ्चमीका दिन पुस्तक दिवस मनाउदै आएको छ ।