पुतलीबजारको चौथो नगरसभा

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५

पुतलीबजारको चौथो नगरसभा

स्याङ्जा, २३ माघ। पुतलीबजार नगरपालिकाको चौथो नगरसभा बुधवार सम्पन्न भएको छ। नगरसभामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराइन्।

नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरबासीको रोजगारी एवं विकासको आधार बनाउने नीति अनुरुप नगरलाई सुन्तला एवं उज्यालो शहरका रुपमा विकास गर्न आवश्यक कार्यक्रम संचालनगर्ने, युवालाई तालिम, शीतभण्डार निर्माणमा तीव्रता, विभिन्न धार्मिक एवं ऐतिहासिक, पर्यटकीय क्षेत्रको विकास, प्याराग्लाइडिङको गन्तब्य, नागडाँडामा श्रवणकुमारको मूर्ति स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको बताइन् ।

उनले व्यवस्थित ढल निकास एवं सबैलाई खानेपानीको पहुँच, बसपार्कको स्तरोन्नति, आँधीखोला करिडोर निर्माण, सबै वडामा बिजुली एवं इन्टरनेटको पहुच, फोहोरमैलाको उचित व्यवस्थापन, पुतलीबजार नगरपालिका ४ मा भ्यू टावर निर्माणको योजना पनि रहेको बताइन् । आर्थिक वर्ष २०७५/०७६ को पुस मसान्तसम्म ७३ प्रतिशत योजना सम्झौंता भएको र सम्झौंतामध्ये १९ प्रतिशत योजना सम्पन्न भएको जनाएको छ।

आर्थिक वर्ष शुरुको ६ महिनामा नगरपरिषद मार्फत पारित वडास्तरीय ४ सय ४६ योजनामध्ये ३ सय २७ वटा योजना सम्पन्न भएका र ६३ वटा योजना सम्पन्न भएका छन्।

यसैगरी, नगरस्तरीयतर्फ एक सय ८६ मध्ये १ सय ४५ (७७ प्रतिशत) सम्झौता भएका छन् भने ४१ वटा योजना सम्पन्न भएका छन् । नगर गौरवका १५ वटा योजना मध्ये ५ वटा योजना सम्झौता भई कार्यान्वयन चरणमा रहेको प्रमुख क्षेत्रीले जानकारी दिइन्। नगरपालिकाको आन्तरिक र बाह्यस्रोतबाट ८ करोड ५२ लाख ७० हजार मध्ये ३ करोड ५१ लाख २७ हजार खर्च भएको छ। नगरको आन्तरिक राजश्वतर्फ २ करोड ५२ लाख ७० हजारको लक्ष्यमा एक करोड ४९ लाख ३ हजार आम्दानी भएको उपप्रमुख महेश पुरीले बताए। चालु आर्थिक वर्षमा नगरको बजेट २७ करोड २० लाख मध्ये चालुतर्फ ८ करोड ५२ लाख र पुँजीगततर्फ १८ करोड ६७ लाख रकम बिनियोजन गरेको थियो।

आर्थिक विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रलाई समेटेर विविध कार्यक्रम संचालन भैरहेको जनाउँदै नगरपालिकाको अर्धवार्षिक गतिविधिबारे लेखा समितिका संयोजक रविविक्रम केसीले जानकारी गराएका थिए।

नगरसभाले नगर शिक्षा ऐन, २०७५ र सहकारी ऐन, २०७४ लाई केही संशोधन सहित पारित गरेको विधायन समिति संयोजक ख्यामनारायण अधिकारीले बताए।

मेयर सुन्न कार्यकक्षमा विद्यार्थी

नवराज पहाडी
माघ २४, २०७५
मेयर सुन्न कार्यकक्षमा विद्यार्थी
लमजुङ, २३ माघ । सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रको कार्यकक्षमा अन्य दिनभन्दा बुधबार भिन्न दृश्य देखियो । कार्यालय समयमा मेयरको कार्यकक्षमा स्कूले विद्यार्थी खचाखच भरिए । ती विद्यार्थी कुनै माग लिएर आएको नभइ मेयरसँग साक्षात्कार तथा अन्तरक्रिया गर्न पुगेका हुन् । ती थिए, सयपत्री आवासीय माध्यमिक विद्यालयको कक्षा–६, ७, ८ र ९ का विद्यार्थी । ‘हाम्रो सयपत्री राम्रो सयपत्री अभियान’मा जुटेको विद्यालय व्यवस्थापन समितिले विद्यार्थीका प्रतिभा निखार्न, उनीहरूलाई जिज्ञासु बनाउन, समाजका विविध परिवेशसँग परिचित गर्ने गराउने गरी आएको सो विद्यालयको सञ्चालक समिति अध्यक्ष विष्णकुमार श्रेष्ठले बताए । मेयर मिश्रसँग विद्यार्थी प्रत्यक्ष भेटघाट अन्तरक्रियामा विद्यार्थीको उत्साहजनक साथै सक्रिय सहभागी भए । उनीहरुले अनौठो अनुभूति गर्दै जिज्ञासु बनेर मेयरका…

सिद्धार्थ माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
सिद्धार्थ माविको वार्षिकोत्सव
पोखरा, २३ माघ । स्याङ्जा फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको ४४ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ। फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरी शिक्षा प्रदान गर्न सुझाव दिए । गाउँपालिका उपाध्यक्ष देवी थापाले शैक्षिक वातावरण, शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका परिपूरक भएको भन्दै अभिभावकले पनि विद्यार्थीको पढाइ तथा विद्यालयबारे समय–समयमा जानकारी लिनुपर्ने बताइन्। कार्यक्रममा वडाध्यक्ष हिमालयजंग बानियाँ, सिद्धार्थ माविका स्रोतव्यक्ति लक्ष्मण शर्मा पनेरु, पूर्व शिक्षक दिवाकर सुवेदी लगायत बोलेका थिए।…