पार्टी विधानका वारेमा काँग्रेसको बैठक बस्दै

rss रासस
माघ २३, २०७५

पार्टी विधानका वारेमा काँग्रेसको बैठक बस्दै

पोखरा, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

काँग्रेसको गत मंसीर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।

त्यस्तै काँग्रेस भातृ संस्था नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । यसबाहेक सरकारका कामकारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।

पोखराको पर्यटन विकासमवारे सिलगुडीमा अन्तरक्रिया

rss रासस
माघ २३, २०७५
पोखराको पर्यटन विकासमवारे  सिलगुडीमा अन्तरक्रिया
सिलगुडी, २३ माघ । भारतको सिलगुडीमा मङ्गलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे छलफल भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनको आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मङ्गलबार सिलगुडी आइपुगेको हो । मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बङ्गलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिए । समारोहमा वक्ताहरूले अफगानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान…

डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट

एजेन्सी
माघ २३, २०७५
डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट
पोखरा, २३ माघ । सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरे । ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पाटीभित्रको गम्भीर मतभेदको रुपमा समाचार एजेन्सीहरुले चित्रण गरेका छन् । सिनेटमा रिपब्लिकन नेता मिच म्याकनेलले प्रस्ताव पेश गरेका थिए । उनले गत हप्ता भनेका थिए, ‘सिरिया र अफगानिस्तानमा अल कायदा, आईएसआईएस र तिनीहरुसँग सम्बद्ध संगठन हाम्रो राष्ट्रका लागि…