पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी

आदर्श समाज सम्वाददाता
माघ २६, २०७५

पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी
बुटवल २६ माघ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भनेजुयलाका सम्वन्धमा वोलेर नेकपाका अध्यक्ष प्रचण्डले हिम्मत देखाएको बताएका छन् ।

देश र सरकारको नेतृत्वको पार्टीबाट भनेजुयलाका सम्वन्धमा अलगअलग विज्ञप्ति आउनु दुखद भन्दै केसीले पूर्व माओवादीहरुमा अमेरिकाको सर्वसत्तावादका विषयमा अडान रहेको देखियो तर तत्कालिन एमालेको समुह अमेरिकासंग डराएको आरोप लगाए । प्रगतिशील पत्रकार संघ रुपन्देहीद्धारा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने —भनेजुयला स्वतन्त्र देश भएकाले अमेरिकाले हस्तक्षेप गर्न पाउदैन ।

नेपालको राष्टियता बलियो बनाउन दलहरु मिल्नुको बिकल्प छैन, तर आफ्नै सरकार ढाल्न भारत पुग्ने माओवादी नेतृत्व र एमालेको स्वार्थका कारण सत्तारुढ नेकपा विभाजन हुन सक्ने पनि टिप्पणी गरे ।

त्यस्तै नेता केसीले आम नेपाली जनता र अधिकांश दलहरु संघीयता प्रतिको भ्रमका बारेमा स्पष्ट भईसकेको बताए ।
संघीयताबाट केही हुन्छ भन्ने भ्रममा रहेका जनता र केही दलहरु छोटो समयमा नै भ्रमबाट मुक्त भएको उनले वताए । अध्यक्ष केसीले संघीयता खारेज गरी मुलुकलाई एकात्मक प्रणालीमा लैजानु पर्नेमा जोड दिए ।

हामीले २०६५ सालदेखि नै संघीयता चाहिदैन देश टुक्र्याउन पाईदैन भनेका थियौ, संघीयता आएको छोटो समयमा संघीयता नचाहिएको स्पष्ट भईसक्यो एउटा सरकार चलाउन गाह्रो भईरहेको देशमा ७ वटा प्रदेश सरकार चलाउन सकिदैन यो खारेज गरी एकात्मक प्रणालीमा जानुको विकल्प छैन ।

संबिधान सभाबाट संबिधान निर्माण भएसँगै तीन तहका सरकार गठन जनताले आशा गरेका चाहेका काम हुन नसकेर द्धन्द झन बढेको बताए । । उनले सिंहदरबारका अधिकारसंगै भ्रष्टाचार पनि गाउँमा पुगेको उल्लेख गर्दै भ्रष्टाचारमा जनप्रतिनिधि नै सम्लग्न भएको आरोप लगाए ।

त्यसैगरी नेता केसीले सरकारले चिकित्सा विधेयक पारित गरेर मडिकल माफियासंग सरकार झुकेको आरोप लगाए । विगतदेखि नै शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताउदै आएको कम्युनिष्ट भन्न रुचाउने अहिलेको सरकारले माफियाको पक्षमै निर्णय गरेको आरोप लगाए । उनले डा गोविन्द केसीले उठाएको माग जायज भएपनि माफियाकै जित भएको बताए ।

कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम सडक कालोपत्र हुदै

rss रासस
माघ २७, २०७५
कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम सडक कालोपत्र हुदै
गलेश्वर, २७ माघ । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक चैतबाट कालोपत्र हुने भएको छ । प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम शुरु गरिने जानकारी दिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सञ्चारकर्मीसँगको भेटमा आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति…

निजी क्षेत्रविरुद्ध हुने गतिविधि प्रति सचेत रहन आग्रह

एजेन्सी
माघ २५, २०७५
निजी क्षेत्रविरुद्ध हुने गतिविधि प्रति सचेत रहन आग्रह
पोखरा, २५ माघ । पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ । संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन गर्नुका साथै व्यवसाय व्यवस्थापन तालिमको सुरुवात गरेको छ । संघको सचिवालयमा भएको झण्डोत्तलन कार्यक्रममा अध्यक्ष दामु अधिकारी, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसमितिका सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । वार्षिकोत्सवकै अवसरमा आयोजित व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिमको उद्घाटन समेत गरिएको छ । संघका अध्यक्ष दामु अधिकारीले पोखराको आर्थिक र सामाजिक विकासको अगुवा…