पाउँदुर महोत्सव हुने

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
पाउँदुर महोत्सव हुने

पाउँदुर महोत्सवबारे छलफलमा जुटेका अन्नपूर्ण ३ का बासिन्दा। तस्वीरःश्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, १२ माघ। अन्नपूर्ण गाउँपालिका ३ मा आगामी वर्ष पाउँदुर महोत्सव हुने भएको छ।

शनिवार बसेको वडा भेलाले पाउँदुर युवा संजाल तथा वडा कार्यालयको संयुक्त आयोजनामा महोत्सव गर्ने निर्णय गरिएको हो ।

महोत्सव पाउँदुरको पहिचानसँग जोडिने वडाध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । यसबारे सरोकारवालाबीच थप छलफल गरी चाँडै नै मिति तय गरिने वडाध्यक्ष गुरुङको भनाइ छ।

महोत्सवमा कृषि तथा जडिबुटी प्रदशएनी, पाउँदुरको संस्कृतिको पहिचान तथा अन्य विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने भेलाले निर्णय गरेको छ।

सो भेलाले मुख्यमन्त्री कृषि कार्यक्रमबारे पनि छलफल गरेको छ। यस वर्ष सो कार्यक्रमअन्तर्गत उक्त वडामा ३० लाख बजेट विनियोजन भएको छ।

भेलाले कार्यक्रम सफल बनाउन विश्वनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ।

समितिको उपसंयोजकमा फणिन्द्रप्रसाद पौडेल, सचिवमा ओमप्रसाद पौडेल र कोषाध्यक्ष पार्वती पौडेल चयन भएका छन।

अन्य सदस्य थप गरिनेछ। कार्यक्रम वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको थियो।

मगर भाषा प्रतिष्ठानमा रुद्र

एजेन्सी
माघ १३, २०७५
मगर भाषा प्रतिष्ठानमा रुद्र
पोखरा, १२ माघ । मगर भाषा प्रतिष्ठान, कास्कीको तेस्रो साधारणसभाबाट रुद्रबहादुर हितानमगर पुनः अध्यक्ष चयन भएका छन् । कार्यसमिति उपाध्यक्षमा यामबहादुर थापामगर, सचिवमा रुद्रबहादुर श्रीसमगर र कोषाध्यक्षमा मीना थापामगर चयन भए । सदस्यमा कुमार थापामगर, कृष्ण मिगीन मगर र ईश्वरी थापामगर छन् । प्रतिष्ठान पूर्व अध्यक्ष फूलकुमारी थापामगरको नेतृत्वमा नुनु रानामगर र टोलमाया थापामगर सदस्य रहेको निर्वाचनमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। यसअघि, साधारणसभा उद्घाटन गर्दै मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषालाई बोली, व्यवहारमा प्रयोग गर्नुपनेर्मा जोड दिए। मानव जातिका लागि भाषा अति महत्वपूर्ण कुरा भएको भन्दै थापामगरले नेपालमा भाषिक समानता आवश्यक रहेको बताए। मगर भाषालाई सरकारी कामकाज र पठनपाठनमा प्रयोग…

लेखनाथ र जुनियर जेसीजको पदस्थापना

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
पोखरा, १२ माघ। लेखनाथ जेसीजको २१ औं र लेखनाथ जुनियर जेसीजको १६ औं पदस्थापन शनिवार सम्पन्न भएको छ। लेखनाथ जेसीजको वर्ष २०१९ का अध्यक्ष रोशन अधिकारी सहितका पदाधिकारीलाई वर्ष २०१८ का अध्यक्ष शालिकग्राम ओझाले पद हस्तान्तरण गरेका हुन् ।यस्तै, लेखनाथ जुनियर जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेलाई निवर्तमान अध्यक्ष उत्तम शर्मा पौडेलले पदस्थापन गराए । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले समाज रुपान्तरणका लागि जेसीजले नेतृत्व र ब्यक्तित्व विकासमा सहयोगीको भूमिका निर्वाह गर्ने भएकाले जेसीजले सिकाएका कुरा आत्मसाथ गर्दै अगाडि बढ्न अनुरोध…