परियार मृत फेला

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

परियार मृत फेला

पोखरा, २८ माघ । पोखरा—३२ राजाको चौतारा निवासी ६० बर्षीय नरवहादुर परियार सोमवार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

आइतवार हराएका परियारलाई खोजी गर्ने क्रममा घर नजिकैको तालबेसी खोलाको किनारमा सोमवार दिउसो फेला परेका हुन् । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरङले जानकारी दिए ।

कामीको जलेर मृत्यु

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
कामीको जलेर मृत्यु
पोखरा, २८ माघ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका—१ निवासी २८ बर्षीय कृष्णवहादुर कामीको जलेर मृत्यु भएको छ । स्थानीय ५८ बर्षीय बलवहादुर थापामगरको घरमा बस्दै आएका कामीको सोमवार दिउसो जलेर मृत्यु भएको हो । दुई तले टिनको कच्ची घरमा सामेबार आगलागी भएको र आगो स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

कास्कीमा पुस्तक दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
कास्कीमा पुस्तक दिवस मनाइयो
माघ २८ पोखरा । छैटौ राष्ट्रिय पुस्तक दिवसको अवसरमा आइतवार पोखरामा पुस्तक दिवस मनाइएको छ । कास्कीले मादी गाउँपालिका —७ छाचोक स्थित कालिका आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरी नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ कास्कीले पुस्तक दिवस मनाएको हो । उक्त विद्यालयमा अध्यनरत विद्यार्थीलाई चालिस हजार रुपैयाँ बराबरको झोला, स्टेशनरी सामाग्री र खेलकुदका सामाग्री प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष मोहन सापकोटाले जानकारी दिए । महासंघले हरेक बर्ष बसन्तपञ्चमीका दिन पुस्तक दिवस मनाउदै आएको छ ।