नेविसंघका सात विद्यार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५

नेविसंघका सात विद्यार्थी पक्राउ

पोखरा, २४ माघ । पोखराको मासवारमा एक हप्ता अघि सरकारी गाडी जलाएको आरोपमा हिरासतमा रहेका तीन विद्यार्थीको रिहाइको माग गर्दै विहीबार पोखरा महानगरपालिका घेराउ गर्न गएका सात विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल विद्यार्थी संघका सात विद्याथीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सात विद्यार्थीलाई कार्यालय समय सकिएपछि साँझ पाँच वजे छाडिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकरी दिए । विद्यार्थीले महानगरीय शिक्षा महाशाखाको काममा बाधा पु¥याएको आरोपमा ती विद्यार्थीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, कमल पौडेल, लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी, उमा ठकुरी छन् ।

सार्वजनिक बिदाका दिन गाडी संचालन गरेको भन्दै माघ १९ गते महानगरीय शिक्षा महाशाखाको गाडी विद्यार्थीले जलाएका थिए । गाडी जलाएको आरोपमा पक्राउ परेका ५ विद्यार्थीमध्ये २ विद्यार्थी रिहा भने परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

पोखराको अर्मलामा पर्वतीय दौड हुने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
पोखराको अर्मलामा पर्वतीय दौड हुने
पोखरा, २४ माघ । पोखरा महानगरपालिका—१६ स्थित अर्मलामा १० किलोमिटर पर्वतीय दौड, पुरुष भलिबल र परम्परागत खेल छेलो हान्ने प्रतियोगिता हुने भएको छ । श्रीपंचमीको अबसर पारी माघ २७ गते आयोजित प्रतियोगिताहरु मध्ये छैटौ पटक आयोजित १० किलोमिटर पर्वतीय दौड पोखराको बाटुलेचौरबाट शुरु भई अर्मला कोटमा पुगेर सम्पन्न हुने क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद १५, १० र ५ हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितीयले २५ हजार रनिङ कप, पदक तथा प्रमाणपत्र पाउने वताइएको…

एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

rss रासस
माघ २४, २०७५
एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट
काठमाडौँ, २४ माघ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना…