नेपालको ऐतिहासिक जीत

नेपालको ऐतिहासिक जीत

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५

पोखरा, २० माघ। तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी—२० सिरिज २—१ ले जितेको छ।

वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी—२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो, तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सकेको थियो।

रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो। कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए। पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी—२० सिरिज दिलाउन सफल भए।

यूएईको सुरुवात निकै राम्रो थियो  तर  सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडे, पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे। तर, दोस्रो ओभरको अन्तिम बलमासोमपाल कामीले अस्फाकको विकेट लिए।

पाँचौं ओभरको चौथो बलमा गुलाम आउट भएपछि यूएई दबाबमा आयो। आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खचेर्र दुई विकेट लिएपछि खेल नेपालको पक्षमा रह्यो। यो ओभरमा करणले आक्रामक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरे। कप्तान मोहम्मद नाभिद पनि उनको शिकार भए।

नेपालका करण, ललितसँगै अविनाश बोहोराले २—२ विकेट लिए भने सन्दीप र सोमपालले १—१ विकेट लिए।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने राम्रो रहेन। पवन शरार्फलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेन। ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए। मात्र २१ रन जोड्दा तीन विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे।

चौथो विकेटको लागि पारस र सन्दीपले ३३ रनको साझेदारी गरे। पारसले १४ बलमा २९ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरे। अर्को विकेटका लागि विनोद र सन्दीपले ३७ रनको साझेदारी गर्दै आक्रामक खेलेका सन्दीपले ११ बलमा २८ रन बनाए।

विनोदले १३ बलमा २१ रन बनाए। करण केसीले ५ बलमा १० रन बनाए। अन्तिम ओभरमा नेपालले करण र विनोदसँग सोमपालको विकेट गुमाएको थियो। तर, १० रन जोडेको थियो।

यूएईका लागि मोहम्मद नाभिद र अमिर हायतले समान २—२ विकेट लिए। टी—२० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय श्रृखला खेलेको थियो। दुबै सिरिजमा नेपालको प्रदर्शनमा एउटा समानता रहृयो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै सिरिजमा २—१ को कब्जा गरेको थियो।

बन्दुक वनाउने जीतवहादुर वुढा पक्राउ

सुइरो, २५ वटा डेढ इञ्च, २८ वटा आधा इञ्च र १०२ वटा एक इञ्चको स्क्रु भेटियो

rss रासस
माघ २१, २०७५
बन्दुक वनाउने जीतवहादुर वुढा पक्राउ
पोखरा, २१ माघ । प्रहरीले दाङको विकट गाउँ राजपुर—७, भौवानामा हतियार बनाउने कारखाना भेटेको छ । बाँके र दाङको दक्षिणी सीमावर्ती क्षेत्रमा एक स्थानीयले घरमै हतियार बनाउने र मर्मत गर्ने गरेको भेटिएको हो । ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीका अनुसार हतियार बनाउने कार्यमा संलग्न ५९ वर्षीय जीतबहादुर बुढा पक्राउ परेका छन् । साथै, सोही ठाउँबाट ३८ वर्षीय रूद्रमणि घर्तीलाई पनि एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको उनले बताए ।प्रहरीका अनुसार मजल र ठूलो हतियारको नाल २९ वटा बरामद भएको छ । उनको घरमा हतियार बनाउन प्रयोग हुने आरन मेसिन, साइकलको रिङ, काठको पङ्खा,…

छोटी भन्सारमा सुरक्षा व्यवस्था गर्न प्रदेश सरकारको माग

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
छोटी भन्सारमा सुरक्षा व्यवस्था गर्न प्रदेश सरकारको माग
पोखरा, २० माघ।गण्डकी प्रदेशको दक्षिणी सिमानामा रहेको छोटी भन्सारमा सुरक्षा प्रबन्ध मिलाईदिन गण्डकी सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद् बैठकबाटै आवश्यक सुरक्षा ब्यवस्थाका लागि केन्द्र सरकारसँग माग गर्ने निर्णय गरिएको हो। ‘भन्सार खुलाउन पहिले नै आग्रह गरिसकेका छौं। त्यसको कुनै प्रतिक्रिया आएको छैन, सरकारका प्रबक्ता रामशरण बस्नेतले भने–तत्कालका लागि त्यस क्षेत्रको सुरक्षा र केही आवश्यक कर्मचारी ब्यवस्था गरिदिन माग गरेका छौं।’ गण्डकी प्रदेशको प्रदेश मामिला समितिले पुस ६ गते दक्षिणी नाकाको भ्रमण गरेको थियो। सोही समितिको प्रतिबेदनका…