निजी क्षेत्रविरुद्ध हुने गतिविधि प्रति सचेत रहन आग्रह

एजेन्सी
माघ २५, २०७५

निजी क्षेत्रविरुद्ध हुने गतिविधि प्रति सचेत रहन आग्रह
पोखरा, २५ माघ । पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ ।

संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन गर्नुका साथै व्यवसाय व्यवस्थापन तालिमको सुरुवात गरेको छ । संघको सचिवालयमा भएको झण्डोत्तलन कार्यक्रममा अध्यक्ष दामु अधिकारी, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसमितिका सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवकै अवसरमा आयोजित व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिमको उद्घाटन समेत गरिएको छ । संघका अध्यक्ष दामु अधिकारीले पोखराको आर्थिक र सामाजिक विकासको अगुवा र सहयात्रीको रुपमा क्रियाशिल संस्थालाई अझ मजबूत र सवल रुपले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघको जस्तै नाम सुनिने अमूक संस्थाहरुबाट संघ तथा सिंगो निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि भएप्रति असन्तुष्टी जनाउँदै उनले संघको गरीमा घटाउने व्यवहार अस्वीकार्य हुने बताए ।
उद्योगी÷व्यवसायीको हक हितको लागि २०११ साल माघ २५ गते विधिवत् रुपले संघको स्थापना भएको थियो । २००७ सालको राजनीतिक परिवर्तनपछि पोखरामा स्थापना यो नै जेठो सामाजिक संस्था हो ।

‘उद्योगी÷व्यवसायीहरुको हक हितको लागि स्थापना भए पनि यो चेतनाको संवाहक संस्था हो’,संघका पूर्व कार्यसमिति सदस्य तथा सँस्कृतिकर्मी तीर्थ श्रेष्ठले भन्नुभयो,‘ पोखराको समग्र आर्थिक, साँस्कृतिक र शैक्षिक उन्नयनको लागि संघको भूमिका महत्वपूर्ण रहेको छ ।’

संघका पूर्व अध्यक्ष सुरेशकुमार राजभण्डारीले संघले आफूलाई कहिल्यै वर्गीय दायरामा मात्र सिमित गरेन बरु यहाँका सबैजसो विकास निर्माणमा सक्दो सहयोग पु¥यायो ।’

संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठको विचारमा सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायको अवधारणाको श्रेय पोखरा उद्योग वाणिज्य संघलाई दिँदा अन्यथा हुँदैन । उनका अनुसार संघले उद्योगी÷व्यवसायीको हक हित रक्षा गर्ने सिलसिलामा पनि सामाजिक दायित्व बिर्सेन । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुनु ।

कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले तालिमहरु व्यक्तिको दक्षता बढाउने अभियानको हिस्सा भएको स्पष्ट पार्दै तालिमबाट सक्दो लाभ लिन सहभागीहरुलाई आग्रह गरे । संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको तालिममा विभिन्न व्यवसायिक प्रष्ठिानका २६ जना उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको छ ।

पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी

आदर्श समाज सम्वाददाता
माघ २६, २०७५
पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी
बुटवल २६ माघ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भनेजुयलाका सम्वन्धमा वोलेर नेकपाका अध्यक्ष प्रचण्डले हिम्मत देखाएको बताएका छन् । देश र सरकारको नेतृत्वको पार्टीबाट भनेजुयलाका सम्वन्धमा अलगअलग विज्ञप्ति आउनु दुखद भन्दै केसीले पूर्व माओवादीहरुमा अमेरिकाको सर्वसत्तावादका विषयमा अडान रहेको देखियो तर तत्कालिन एमालेको समुह अमेरिकासंग डराएको आरोप लगाए । प्रगतिशील पत्रकार संघ रुपन्देहीद्धारा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने —भनेजुयला स्वतन्त्र देश भएकाले अमेरिकाले हस्तक्षेप गर्न पाउदैन । नेपालको राष्टियता बलियो बनाउन दलहरु मिल्नुको बिकल्प छैन, तर आफ्नै सरकार ढाल्न भारत पुग्ने माओवादी नेतृत्व र एमालेको स्वार्थका कारण सत्तारुढ नेकपा विभाजन हुन सक्ने पनि टिप्पणी गरे…

क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस— सुन्तली मलेसिया

एजेन्सी
माघ २५, २०७५
क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस— सुन्तली मलेसिया
पोखरा, २५ माघ । काठमाडौंको राष्ट्रिय सभा गृहमा माघ १६ गते घोषणा गरिएको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस—सुन्तलीले आफ्नो प्रस्तुति प्रदर्शन गरेका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको थियो । उक्त टोलीमा लोक गायक बद्री पंगेनी, आधुनिक गायिका मेलिना राई, लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन्। यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले…