धनञ्जय गोत्रीय भण्डारी समाजमा खेमराज

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५

पोखरा, २८ माघ । धनञ्जय गोत्रीय भण्डारी समाज, पोखरा–२१ निर्मलपोखरी खच्र्याङको नयाँ कार्यसमिति चयन भएको छ ।

समाजको सम्पन्न १४ औं साधाणसभा तथा आठौं अधिवेशनले पुनः खेमराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको सचिव यज्ञप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यसमितिमा उपाध्यक्ष सीता भण्डारी, सचिव यज्ञप्रसाद भण्डारी, सहसचिव नवराज भण्डारी र कोषाध्यक्ष पवित्रमणि भण्डारी छन् । सदस्यमा हरिप्रसाद, लोकराज, सरिता, बिमला, टीकाराम र हरिप्रसाद भण्डारी चयन भए। कार्यसमिति २ वर्षको हुनेछ ।

प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष शोभाखर भण्डारीले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथिसहित समाजका पूर्व कोषाध्यक्ष रघुनाथ भण्डारी, पूर्व सचिव सोमनाथ भण्डारी, पूर्व अध्यक्ष एवं सल्लाहकार तारानाथ भण्डारी, वडा २१ सदस्य बैकुण्ठ भण्डारीले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा एसइई २०७३ मा निजी विद्यालय छात्रातर्फ उत्कृष्ट निर्मला भण्डारी, प्रकृति भण्डारी र छात्रतर्फ अशेष भण्डारी, सामदायिक छात्रातर्फ सुमित्रा भण्डारी र छात्रतर्फ विवश भण्डारीलाई पुरस्कृत गरियो ।

यस्तै, एसइई २०७४ मा निजी विद्यालय छात्रातर्फ शुभेक्षा भण्डारी, छात्रतर्फ मनिष भण्डारी, सामुदायिक छात्रातर्फ सुजता भण्डारी र छात्रतर्फ शरद भण्डारीलगायत एसइई उत्तीर्ण २९ जना विद्यार्थी र २०७२ मा त्रिवि वनस्पति शास्त्रमा स्नातकोत्तरमा सर्वप्रथम हुने प्रवीण भण्डारी र वडा सदस्यमा निर्वाचित बैकुण्ठ भण्डारीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो।

समाजका अध्यक्ष खेमराज भण्डारीको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष पवित्रमणि भण्डारीको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रम सञ्चालन सचिव यज्ञप्रसाद भण्डारीले गरेका थिए ।

ग्रामप्रकाशमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
ग्रामप्रकाशमा सम्मान
हेमजा, २८ माघ। हेमजास्थित ग्रामप्रकाश आधारभूत विद्यालयको ६० औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सोमवार सम्पन्न भयो। त्यस अवसरमा पढाइ उत्सवसमेत भयो । प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले बालबालिकाले सजिलै शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनाउँदै कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्याभन्दा बढी शिक्षक भएको भन्दै गुनासो गरे।उनले विद्यार्थी संख्या आधारमा विद्यालय खाजा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्घता पनि व्यक्त गरे। सो अवसरमा स्रोतव्यक्ति भीमराज शर्मा पौडेल, हिमालय बौद्घ फाउन्डेसनका सल्लाहकार रामचन्द्र त्रिपाठी, समाजसेवी मधुसुदन त्रिपाठी, देवकृष्ण पौडेल, भूतपूर्व अध्यक्ष धर्मजंग कुँवर, अभिभावक नारायणप्रसाद पौडेल लगायतले पनि भनाइ राखेका थिए। उनीहरुले विद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने तथा शैक्षिक गुणस्तर बढाउनुपर्ने सुझाव दिए। कार्यक्रमबीच…

पुष्पसदनमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
पोखरा, २८ माघ । पोखरा —११ फूलवारी स्थित पुष्पसदन एकेडेमीले सरस्वती पूजा,अक्षरारम्भ एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । श्रीपन्चमी अर्थात् वसन्त पञ्चमीको दिन विद्यालयको परिसरमा अवस्थित सरस्वतीको मन्दिरमा विद्यार्थी, शिक्षा र अभिभावकले पूजा गरेका थिए । सो अवसरमा विद्यालय प्रवेश गर्ने उमेर समूहका स—साना बालबालिकालाई अक्षरारम्भ गराइएको थियो । अक्षर चिन्ने तथा लेख्न सिक्ने शुभ साइत पारेर करिब चालीस जना बालबालिकालाई अक्षरारम्भ एवम् भर्ना गराइएको वताइएको छ । साथै गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ण…