दोहोरीमा स्याङ्जा प्रथम

आदर्श समाज सम्वाददाता
माघ ८, २०७५

पोखरा, ७ माघ। पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान स्याङ्जा प्रथम भएको छ ।

प्रतियोगितामा लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश दोस्रो, प्रतिष्ठान गोर्खा तेस्रो र प्रतिष्ठान कास्की सान्त्वना भए । उनीहरुले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र ८ हजार साथमा प्रमाणपत्र पुरस्कार पाए ।

फाइनल प्रतिष्पर्धामा प्रतियोगीहरुले विभिन्न भाखामा लोकदोहोरी गीत प्रस्तुत गरेका थिए । निर्णायकमा गायक चन्द्रा शर्मा, तारापति सुवेदी, जीवन दाहाल, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना र प्रेमराज अधिकारी थिए ।

अमरसिंहचौरमा जारी पोखरा महोत्सवको ११ औ दिन सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश सपूत र प्रीति आलेले ब्याटल दोहोरी गाए ।सोमबार नै चन्द्र शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शिवहरि ढुंगाना, राजेन्द्र सापकोटा, रमा राना, कमला गैरे लगायतले गीत प्रस्तुत गरे भने तरेली सांस्कृतिक परिवारले सांस्कृतिक नृत्य प्रस्तुत ग¥यो। स्थानीय ड्रिमर्स ब्याण्ड र सविन राई एण्ड द फेरोहको लाइभ ब्याण्ड प्रस्तुति मार्फत दर्शकले भरपूर मनोरञ्जन लिएका थिए। महोत्सव अन्तिम दिन मंगलवार लोकदोहोरीतर्फ शंकरविरही गुरुङ, शिवहरि ढुंगाना, परशुराम अधिकारी, ज्ञानेश्वर सुवेदी, दिलु लामा, दिलकुमारी मोक्तान, पूजा गुरुङ, टेक क्षेत्री, लक्ष्मी नेपाली आउनेछन् । सांँझ लाइभ ब्याण्डतर्फ आयाम ब्याण्ड र सुशान्त केसीको प्रस्तुति रहनेछ । एजेन्सी

को होला मिस तामाङ ?

एजेन्सी
माघ १०, २०७५
को होला मिस तामाङ ?
पोखरा, ९ माघ । २८५५ औ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराको आयोजनामा माघ १२ गते ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा हुँदैछ । पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ज्याक तामाङले भने, ‘भाषा, संस्कार र संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकालसम्म जीवन्त बनाइराख्न कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौ । उनले भने ‘अगाडिका संस्करणमा सहभागी नानीहरूले आफ्नो जाति, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले पनि हामी हाम्रो उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं।’ प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरू प्रतिस्पर्धीका रूपमा सहभागी छन्। सहभागीहरूमा काठमाडौंका रीता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, बिरौटाका कुसुम तामाङ,…

पशुपतिको असल संस्कार पोखरामा

अति प्रशंसा र आलोचना दुवै घातक : बिखर्ची

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५
पशुपतिको असल संस्कार पोखरामा
  पोखरा, ६ माघ। आइतवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले अति प्रशंसा र आलोचना दुवै घातक हुने बताएका छन् । सङ्घर्षमा कलम साहित्य समाज पोखराको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति ‘असल संस्कार समृद्धिको आधार’को परिचर्चा समारोहका वक्ताले उक्त धारणा राखेका हुन्। कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का ‘बिखर्ची’ले पछिल्लो समय साधनामा लाग्नुको सट्टा आग्रह र पूर्वागह्रपूर्ण टिप्पणीले नेपाली वाङ्मयको क्षेत्र धमिलो भएकोमा चिन्ता व्यक्त गरे। अतिथि ‘बिखर्ची’ले स्तरीय लेखनको आधार…