दुर्घटना नियन्त्रण गर्न एप प्रयोग

एजेन्सी
माघ २८, २०७५

दुर्घटना नियन्त्रण गर्न एप प्रयोग
बुटवल, २८ माघ । सवारी दुर्घटना नियन्त्रण गर्न नेपाल प्रहरीले ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ ।

विशेषगरी लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो । पाँच नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल १२ भूमहीमा उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको छ ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीले चालकको फोटोसहितको विवरण लिएर उक्त एप प्रयोगमा ल्याएका हुन् । यो एप प्रयोगमा आएपछि लामो दूरीमा संचालन हुने सवारी साधनले कानुनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको पत्ता लाग्ने छ ।

पहिलो चरणमा काठमाडौंको नागढुंगा,सर्लाहीको कर्मैया,नवलपरासीको भूमही र बांकेको कोहलपूरमा एप सञ्चालनमा आएको प्रदेश प्रहरी कार्यालय दांगका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

लामो दुरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए नभएको पत्ता लगाउन एक निश्चित विन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर,प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ ।

ट्राफिक प्रहरीहरुले चेकिङ पोइन्टहरुमा चेकजांचको क्रममा चालकको फोटो र अनुहार जांच तथा विवरणको आधारमा चालक बदली भए नभएको सहजरुपमा पत्ता लगाउन सक्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

ट्राफिक प्रहरीहरुले जीपीएस लोकेसन पनि थाहा पाउन सक्ने यो एपमा चालकको लाइसेन्स नम्बर,टाइम कार्ड समेत चेक गर्ने सुविधा भएकाले चालकले झुक्याउन पाउने छैनन् ।

यसमा ट्राफिक म्यासेज ब्रोडकास्टिङ गर्ने व्यवस्था समेत रहेको छ । एपको प्रयोगले समयको पालना, तीव्र गतिमा नियन्त्रण भइ सवारी दुर्घटना न्यूनिकरण हुने र प्रभावकारी सवारी व्यवस्थापन एवं सुरक्षित गन्तव्यका लागि यो एप उपयोगी हुने ट्राफिक प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताए ।

संयुक्त राष्ट संघको तथ्यांक अनुसार विश्वमा प्रत्येक वर्ष १३ लाख मान्छे सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । नेपालमा एक वर्षमा २५ सय ९३ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । पछिल्लो ५ महिनामा सवारी दुर्घटनाबाट ११ सय ७६ जनाको मृत्यु भएको छ ।

शान्त माविको वार्षिकोत्सव

एजेन्सी
माघ २८, २०७५
शान्त माविको वार्षिकोत्सव
पोखरा, २७ माघ । पोखरा महानगर वडा नं. १८ भकुण्डेस्थित शान्त माविको २६ औ वार्षिकोत्सव सम्पन्न भएको छ । पोखरा महानगर पालिका को उपप्रमुख मञ्जुदेवी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयमा पारदर्शी लेखाप्रणाली भएको र अन्य विद्यालयले यस विद्यालयबाट शिक्षा लिनुपर्ने बताइन् । उनले अभिभावक, शिक्षक र विद्यार्थी कृयाशील रहेर नै विद्यालयले स्तर कायम राखेको बतइन् । विद्यालयलाई आफूले सहयोग गर्न प्रतिबद्धता जनाइन् । पोखरा महानगर वडा नं. १८ का वडा अध्यक्ष रणबहादुर थापाले विद्यालयको आवश्यकताको आधारमा हरेका योजनालाई प्राथमिकतामा राखी रकम विनियोजित गर्ने र छिट्टै विद्यार्थीलाई यातायातको पनि व्यवस्थापन गरिने बताए । स्थानीय समाजसेवी प्रेम जिसी, रामचन्द्र शर्मा तिमिल्सिना, पुर्व अध्यक्षहरु, सूर्यबहादुर खड्का, मित्रमणि तिमिल्सिना, नेकपा…

बढुवामा असन्तुष्टी व्यक्तगर्दै एसपीले दिए राजीनामा

एजेन्सी
माघ २८, २०७५
बढुवामा असन्तुष्टी व्यक्तगर्दै एसपीले दिए राजीनामा
काठमाण्डौ २८ माघ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा असन्तुष्टी व्यक्त गर्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले आइतबार पदबाट राजीनामा दिएका छन् । शनिबार १४ जना एसएसपीको बढुवा हुँदा छुटेपछि उप्रेतीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजीनामा पत्र बुझाएका हुन्। उनको राजीनामाबारे निर्णयार्थ प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पठाउने तयारी गरेको छ। एसएसपी बढुवामा आवश्यक अंक नपुगेका कारण उनलाई समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृहको भनाइ छ। बढुवामा अन्याय भयो, तर, केही गुनासो छैन। मैले स्वतन्त्र जीवन जिउने निर्णय गरेँ। सरकारको…