दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

rss रासस
माघ २४, २०७५

दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

कम्पाला, २४ माघ । दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ ।
राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरु स्वदेश फर्किएका हुन् ।

दक्षिणी सुडानबाट विस्थापित भएर युगाण्डा पुगेका उनीहरु स्वतः स्फुर्तरुपमा स्वदेश फर्किएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् । शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्च आयोगका तर्फबाट युगाण्डामा रहेका प्रतिनिधि जोएल बौट्रोयले २० हजारभन्दा बढी शरणार्थी घर फर्किएको जानकारी दिए ।

सरकारले स्वदेश फर्किनेहरुको सङ्ख्या हामीले भनेको भन्दा धेरै बढी रहेको दाबी गरेको छ, तर हामीले भने २० हजारको हाराहारीमा शरणार्थी स्वदेश फर्किएको पाएका छौँ उनले भने । युगाण्डामा अहिले झण्डै १२ लाख शरणार्थी रहेका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै शरणार्थी हुन् ।
तीमध्ये सात लाख ८९ हजार ९९ शरणार्थी छिमेकी मुलुक दक्षिणी सुडानबाट आएको समाचारमा जनाइएको छ ।

पोखरा भरतपुर उडान भरिने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
पोखरा भरतपुर उडान भरिने
पोखरा, माघ २४ । काठमाडौंबाट ६ वटा ठाउँमा उडान गर्दै आएको श्री एयरलाइन्सले फागुन अन्तिमबाट पोखरा र भरतपुरमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सले बमवार्डियर क्यू ४०० जहाजबाट काठमाडौं (पोखरा (काठमाडौं उडान गर्ने तयारी थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि कम्पनीले पाइलटलाई तालिमका लागि इथोपियन एयरको तालिम केन्द्रमा पठाउने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा दुई वटा जहाजबाट घरेलु उडान गर्न सुरु गर्ने जनाएको छ । पोखरा र भरतपुरमा उड्ने जहाज ७८ सिटका हुनेछन् । एयरलाइन्सले बम्बार्डियर कम्पनीले बनाएको टर्बोपर्प इन्जिन ल्याउन लागेको हो ।श्री एयरलाइन्सले अन्तर्रा्िष्ट्रय उडानको अनुमति पाएको छ । करिब २ वर्षदेखि…

भारतीय श्रम स्वीकृतिबारे दुतावासको चासो

एजेन्सी
माघ २४, २०७५
भारतीय श्रम स्वीकृतिबारे दुतावासको चासो
माघ, २४ काठमाडौं । भारतीय कामदार श्रम स्वीकृति लिनुपर्ने सर्कुलर नेपाल सरकारले जारी गरेपछि नेपालस्थित भारतीय दूताबासले चासो व्यक्त गरेको छ । भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन अजयकुमार बुधवार सिंहदरबार पुगेका छन् । श्रम मन्त्राय पुगेका उनले भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य गरिएकोबारे चासो राखेका थिए । तर, मन्त्रालयका अधिकारीहरुले सार्वजनिक भएको पत्रको ब्यहोरामा भनिएजस्तो श्रम स्वीकृति अनिवार्य नगरिएको प्रतिक्रिया दिएका छन् । दूताबासका अधिकारीले यसबारे निकै चासो राखेका छन् । हामीले यसमा के भएको हो भन्नेबारे स्पष्ट गरेका…