डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट

एजेन्सी
माघ २३, २०७५

डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट
पोखरा, २३ माघ । सीरिया र अफगानिस्तानबाट सैनिक फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेटले भारी बहुमतबाट एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।

यो प्रस्तावको पक्षमा ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुले समेत मतदान गरे । ट्रम्पको निर्णयविरुद्ध रिपब्लिकन सांसद नै उभिनुलाई पाटीभित्रको गम्भीर मतभेदको रुपमा समाचार एजेन्सीहरुले चित्रण गरेका छन् ।

सिनेटमा रिपब्लिकन नेता मिच म्याकनेलले प्रस्ताव पेश गरेका थिए । उनले गत हप्ता भनेका थिए, ‘सिरिया र अफगानिस्तानमा अल कायदा, आईएसआईएस र तिनीहरुसँग सम्बद्ध संगठन हाम्रो राष्ट्रका लागि गम्भीर खतरा बनेका छन् भन्ने तथ्यलाई स्पष्ट रुपमा प्रस्तावमा राखिने छ ।’

यो प्रस्ताव भारी बहुमतबाट पारित भयो । प्रस्तावको पक्षमा ७० र विपक्षमा २६ मत खसेको थियो । सदनमा ५३ रिपब्लिकन उम्मेदवारमध्य केबल तीन जनाले यसको विरोध गरेका थिए ।

यो संशोधनलाई दक्षिण पश्चिम एशियाका लागि एक व्यापक सुरक्षा कानुनमा समावेश गरिने छ । प्रस्तावमा सिरिया वा अफगानिस्तानमध्ये कुनै एउटा देशबाट मात्र पनि अमेरिकी सेना फिर्ता बोलाइएमा बडो मुस्किलले प्राप्त सफलता सक्ने र अमेरिकाको राष्ट्रिय सुरक्षा नै खतरामा पर्न सक्ने उल्लेख छ ।

गत डिसेम्बर महिनामा ट्रम्पले ट्वीटरमार्फत अमेरिकाका २ हजार सैनिक सिरियाबाट फिर्ता बोलाउने योजना सार्वजनिक गरेका थिए । यसमा ट्रम्पको तर्क के थियो भने इस्लामिक स्टेट समूहमाथि विजय हासिल भइसकेकाले अब अमेरिकी सेना बसिरहनु आवश्यक छैन । तर, हालै अमेरिकी गुप्तचर एजेन्सीका अधिकारीहरुले जिहादी समूह आफ्नो प्रभाव फैलाउने कोशिसमा रहेको र यो गम्भीर खतरा बन्न सक्ने सूचना दिएका थिए ।

पार्टी विधानका वारेमा काँग्रेसको बैठक बस्दै

rss रासस
माघ २३, २०७५
पार्टी विधानका वारेमा काँग्रेसको बैठक बस्दै
पोखरा, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । काँग्रेसको गत मंसीर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो । महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न…

बहुविवाह गर्नेलाई एक वर्ष कैद

rss रासस
माघ २३, २०७५
बहुविवाह गर्नेलाई एक वर्ष कैद
सप्तरी, २३ माघ । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने एक युवकलाई अदालतले एक बैष कैद सजायको फैसला गरेको छ । डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको हो । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ । जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२ फागुन १२ गते रुबनकुमारीसँग दोस्रो विवाह गरेपछि जेठी…