डायमण्ड माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
डायमण्ड माविको वार्षिकोत्सव

वार्षिकोत्सवमा नृत्य प्रस्तुत गर्दै बाबु नानी। तस्वीरः भीमपाणि बराल/आदर्श समाज

लेखनाथ, २७ माघ । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले विविध कार्यक्रमका साथ आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सासंद दिपक कोइरालले शिक्षा प्रणाली समयको मागअनुसार हुनुपनेर्मा जोड दिए । अहिलेका लागि ब्यवहारिक, प्रयोगात्मक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको बिचार राखे ।

विविध सास्कृतिक कार्यक्रम र गत शौक्षक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थी, दिर्घसेवा पदकबाट शिक्षकशिक्षिकालाई सम्मान गरिएको सो कार्यक्रममा विद्यालयका प्राचार्य यमबाहदुर रोक्काले विद्यालयको भावी योजना र प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा १० वर्ष भन्दा बढि सेवा पुर्याउदै आएका शिक्षक सुब्वा र शिक्षिका रिना सुव्वालाई दिर्घसेवा पदकबाट र गत शैक्ष्ािक सत्रमा  कक्षा १२ मा उत्कृष्ठ स्थान हासिल गर्न सफल विन्देश अधिकारी एवं गण्डकी तारा २०७५ का विजेता निसान वराललाई समेत सम्मान गरिएको थियो ।

सोही अवसरमा प्याप्सनका केन्द्रीय सदस्य कृष्ण केसी, पोखरा महानगरपालिका शिक्षा महासाखका प्रमुख हेमप्रसाद आचार्य, वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ र भूपू विद्यार्थी सञ्जिव थापालगायतले आफ्नो धारणा राखेका थिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछाने ‘भोला’को अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य ब्यवस्थापक हरिप्रसाद लामिछानेले र धन्यवाद ज्ञापन निर्देशक माधवशरण उपाध्यायले राखेका थिए भने शिक्षक नारायण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन

एजेन्सी
माघ २८, २०७५
एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन
काठमाण्डौं, २७  माघ । एनसेलसँगको बक्यौता  रकम उठाउन प्रक्रिया थाल्न अर्थ समितिले अर्थ मन्त्रालयलाई  निर्देशन दिएको छ । अर्थ समितिको आइतवार बसेको बैठकले एनसेलसँगको उक्त बक्यौता  रकम उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ  छ। अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो। त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम ४ करोड रुपैयाँ रहेको मन्त्रालयलेउल्लेख गरेको छ । समितिको बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालय लगायतका सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ। एक महिनाभित्र उक्त…

सनफ्लावर स्कुलको वार्षिकोत्सव

शिक्षक सम्पूर्ण ज्ञानको भण्डार होइन : श्रेष्ठ

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
सनफ्लावर स्कुलको वार्षिकोत्सव
हेमजा, २७ माघ । पोखरा–२, अर्चलवोटस्थित सनफ्लावर बोडिङ स्कुलको ३० औं वार्षिकोत्सव, अविभावक दिवस तथा पुरस्कार वितरण समारोह आइतवार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि साहित्यकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले शिक्षक सबै ज्ञानको भण्डार नभएको चर्चा गर्दै शिक्षण सिकाईका लागि सहजीकरण गर्ने व्यक्ति मात्रै शिक्षक भएको औँल्याए । उनले बालबालिकाको पढाईमा सचेत रहन अविभावकलाई सुझाव दिर्दै कतिपय निजी विद्यालयका संचालकले आफ्नो धनाड्यपन प्रस्तुत गर्दा सबै निजी विद्यालय संचालकलाई नकरात्मक असर परेको पनि जनाए। प्याव्सन कास्कीका सचिव विष्णु तिमिल्सीनाले बालबालिकाले अनुकरण गरेर…