टिपरको ठक्करबाट एककोे मृत्यु

rss रासस
माघ २७, २०७५

टिपरको ठक्करबाट एककोे मृत्यु
विराटनगर, २७ माघ । विराटनगर महानगरपालिका–२ बरगाछीमा आइतबारविहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएको थियो । उक्त शव परीक्षका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नयन्त्रणमा लिएको छ ।

पोखरामा विहानैवाट मौसम खुल्यो

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
पोखरामा विहानैवाट मौसम खुल्यो
पोखरा, २७ माघ । केही दिनदेखि जारी वर्षा र हिमपात रोकिएर छ, आइतबार विहानैदेखि पोखरा तथा वरपरका गाउँमा मौसम खुलेको छ, घाम लागेका छन्, हिमालहरु ढपक्क हिउले ढाकिएको दृष्य देख्न सकिन्छ । पोखरावाट विहानै माछापुच्छ«े, धौलागिरी र अन्नपूर्ण हिम श्रृंखला दृष्यावलोकन गर्नेको सराङकोट तथा पोखराका विभिन्न स्थानमा भिड नै देखिन्थ्यो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बाहिरिएकाले आइतवार बिहानदेखि मौसममा सुधार आएको वताए । पुन पश्चिमी क्षेत्रबाट अलि कमजोर किसिमको न्यून चापीय प्रणाली भित्रिएकाले पोखरा लगायत पश्चिमी क्षेत्रमा पानी पर्न सक्ने भनाई मौसमविद्को छ । दुई दिन अघिको पानी…

करेन्ट लागेर बालकको मृत्यु

rss रासस
माघ २७, २०७५
करेन्ट लागेर बालकको मृत्यु
दमौली, २७ माघ । तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका विष्टलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शव दमौली अस्पतालमा राखिएको छ ।