झापामा मितेरी साहित्यिक सम्मेलन

एजेन्सी
माघ २३, २०७५

झापामा मितेरी साहित्यिक सम्मेलन

हेमजा, २२ माघ। भवानी घिमिरे साहित्यिक प्रतिष्ठानको आयोजनामा झापामा मितेरी साहित्यिक सम्मेलन सम्पन्न भएको छ।

सम्मेलन उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको राजनैतिक परिवर्तनमा साहित्यिक आन्दोलनको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै लेखक साहित्यकारले नेपालको विविधतालाई समेट्ने गरी साहित्य सिर्जना गर्नुपनेर्मा जोड दिए।

राईले नेपालका साहित्यकार, कलाकार, पत्रकार एक ठाउँमा उभिई मुलुकको समृद्वितर्फ लाग्नुपर्ने जनाउँदै अन्तराष्ट्रियस्तरको सम्मेलन आफ्नो प्रदेशमा गरिएकोमा खुसी पनि व्यक्त गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा सबै नेपालीको साझा पहिचानको भाषा भएको औँल्याउँदै नेपाली भाषाको संरक्षणका निम्ति पत्रकार समेत रहेका साहित्यकार स्व. भवानी घिमिरेले खेलेको भूमिका चिरस्थायी रहने बताए ।

कार्यक्रममा प्राज्ञ कलाकार पवन राजवंशी, विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटी, फाल्गुनन्द स्मृति प्रतिष्ठानका शेरबहादुर इङग्राम, नेपाली साहित्य विकास समिति मेचीका सचिव चन्द्र भण्डारी, नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, सांसद राम कार्की, संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी लगायतले पनि धारणा राखेका थिए।

पहिलो दिन प्राडा ताराकान्त पाण्डेयले नेपाली कवितामा गणतान्त्रिक चेतना, डा रामप्रसाद ज्ञवालीले नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको विकास र विस्तारमा भवानी घिमिरेको योगदान तथा नवीन पौड्यालले नेपाली भाषाको भारतीय साहित्यः समकालीन अध्ययनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि चिन्तामणि दाहाल, रत्नमणि नेपाल र योगेश खातीले टिप्पणी गरेका थिए।

दोस्रो दिन १२ जना साहित्यकारले अबको नेपाली साहित्यका बारेमा धारणा राखेका थिए।

पृथ्वीनारायण क्याम्पस नेपाली शिक्षा विभागका विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलले अबको साहित्य जीवनवादी, राष्ट्रवादी, शास्वत, प्रकृतिपरक हुनुपर्ने चर्चा गर्दै नेपालको जल, जमिन र जडिबुटीलाई पनि साहित्यले समेट्पर्ने जनाए। सोही दिन काव्य गोष्ठी र कृति विमोचन पनि गरिएको थियो।

सम्मेलनमा पोखराबाट प्राडा रामचन्द्र पोखरेलको नेतृत्वमा सह–प्राध्यापक डा नरहरि उपाध्याय गौतम, जुनियर सिटिजन्स एकेडेमी लेखनाथका ऐकेडेमिक डीन सुन्दर मानन्धर तथा पत्रकार श्रीभद्र पौडेलको टोली सहभागी थियो ।

काठमाडौंबाट कृष्ण धारावासीको नेतृत्वमा साहित्यकारको टोली झापा पुगेको थियो भने नेपालका विभिन्न ठाउँका अलावा दार्जलिङ, सिक्किम, आसाम, कलकत्ताका साहित्यकारको पनि सम्मेलनमा सहभागिता थियो।

नेपाली भाषा र साहित्यको आन्दोलनमा ६ दशक सक्रियताका साथ व्यथित गरी दिवंगत भएका साहित्यिक तथा पत्रकार भवानी घिमिरेको सम्मान तथा योगदानको कदर स्वरुप प्रतिष्ठान स्थापना गरिएको हो।उनी भानु पत्रिकाका सम्पादक थिए। उनले भद्रपुरमा रहेर नेपाल तथा भारतका नेपाली भाषी लेखक, कविका बीच सेतुको काम गरेका थिए।सडक कविता क्रान्ति र भोक कविता आन्दोलन जस्ता ऐतिहासिक साहित्यिक आन्दोलनमा घिमिरेलाई नेपालको इतिहासले सम्झी रहने गरेको छ।

प्रतिष्ठान अध्यक्ष सरोजकुमार ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष कृष्ण धरावासीले स्वागत, सदस्य धर्मशिला चापागाईले धन्यवाद ज्ञापन र सदस्य सचिव नरेश रेग्मीले सञ्चालन गरेका थिए।

यु–१८ आइटीएफ टेनिस जारी

एजेन्सी
माघ २३, २०७५
यु–१८ आइटीएफ टेनिस जारी
पोखरा, २२ माघ । अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा यु–१८ डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिता जारी छ। मंगलबार पुरुष तथा महिलातर्फ पहिलो चरणका सिंगल, डबल्सका विभिन्न खेल सम्पन्न भए। महिलातर्फ नेपालका अभिलाषा विष्टले सिंगल तथा डबल्स दुवैमा जित हासिल गरिन्। उनले अमेरिकाका माहिका गुप्तालाई ६–२, ७–५ सेटमा पराजित गरिन् भने डबल्सतर्फ श्रीलंकाका अञ्जलीका कुरेरालाई पार्टनर बनाएकी विष्ट जोडीले भारतका इनिका रेडी पेसारा र नेपालका अल्सा रेग्मीको जोडीमाथि ६–०, ६–१ को नतिजा निकालिन् । पुरुषतर्फ नेपालका इभ्याक जोशी भारतका अनमोल जैन पंकजसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए। पुरुषतर्फकै अर्को प्रतिस्पर्धात्मक खेलमा कोरियाका जुविन किमले चाइनाका…

नेविंघ अध्यक्ष महरसहित सात पक्राउ

rss रासस
माघ २२, २०७५
नेविंघ अध्यक्ष महरसहित सात पक्राउ
काठमाडौँ, २२ माघ । प्रहरीले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी जलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै मंगलवार काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसंघका उपाध्यक्ष नवीन राई, नेविसंघ नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जीव खड्का, सागर पाण्डे र शङ्कर खड्का रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकालाई पुलिस क्लब…