ज्वालामुखी पछि सुनामी, २० हजार विस्थापित

रासस
पौष १०, २०७५

ज्वालामुखी पछि सुनामी, २० हजार विस्थापित

जाकार्ता, पुस ९ : इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट झण्डै २० हजार विस्थापित भएको पाइएको छ ।

उद्धार कार्यमा खटिएकाहरुले ज्वालामुखी विस्फोटपछि भीषणरुपमा आएको सामूद्रिक छालका कारण धेरै जना विस्थापित भएको विवरण प्राप्त भएको हो ।

फेरी पनि ज्वालामुखी आउने डरका कारण पनि कतिपय विस्थापित आफ्नो घरमा नफर्किएको अधिकारीहरुले बुधबार जनाएका छन् ।

इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण विस्थापित हुनेहरुको कुल सङ्ख्या २१ हजार नौ सय २१ रहेको छ ।

प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले दिनप्रतिदिन विस्थापित हुनेहरुको सङ्ख्या बढ्दै गएको विवरण आएको बताउनुभयो ।

घटनामा परी अहिलेसम्म चार सयभन्दा बढीको मृत्यु भएको छ भने १४ सयभन्दा बढी घाइते भएका छन् ।

खोजी तथा उद्धारकार्य अझै पनि जारी रहेकाले मृतक, घाइते र विस्थापितको सङ्ख्या अझै बढ्नसक्ने सुटोपोले बताउनुभयो ।

प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोको भनाई छ ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।
भौगर्भिक अधिकारीले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।

यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीका कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

शिक्षणशैलीले थापालाई अवार्ड

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५
शिक्षणशैलीले थापालाई अवार्ड
लमजुङ, ३ माघ। लमजुङका शमशेरबहादुर थापा अन्तराष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन् । विश्वका १ सय ७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपाली नागरिकमा उनी एकमात्र हुन् । आगामी मार्चमा दुवईमा सम्पन्न हुने सो पुरस्कार वितरण समारोहमा आयोजक यूके मार्की फाउण्डेसनले थापालाई पाँच रातका लागि आतेजाते खर्च समेत बेहोर्ने गरी निमन्त्रणा गरिसकेको छ। अनलाइन माध्यमबाट उक्त पुरस्कार दाबी गनेर्मा १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए । तीमध्येबाट ३८ देशका ५० जना छनौैट हुनेमध्ये आफू एकजना मात्र नेपाली भएको थापाले बताए। पुरस्कार राशि एक मिलियन अमेरिकन डलर रहेको छ। त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक…

अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

रासस/एएफपी
मंसिर १६, २०७५
अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन
वासिङटन,  १५ मंसिर । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ। शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उनका आफन्तले जानकारी दिएका छन्। अमेरिकाको राजनीतिक परिवारका रुपमा चिनिने बुस परिवारबाट उनका छोरा जर्ज डब्लु बुस पनि राष्ट्रपति भएका थिए।पुत्र बुसले आफ्ना बुवालाई संसारकै सवै भन्दा असल पिताका रुपमा आफूले स्मरण गर्ने बताएका छन्। उनले आफ्ना बुवालाई उच्च चरित्रवान मानवको रुपमा व्याख्या गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। आफ्नी श्रीमती बार्बारा…