ज्योति पहिलो पोखरा सुपर मम्

ज्योति पहिलो पोखरा सुपर मम्

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
माघ २१, २०७५

पोखरा, २१ माघ । फस्ट पोखरा सुपर मम्को उपाधि ज्योति हमालले जितेकी छन् । टाइटलसंगै हमालले सुपर ट्यालेन्ट र सुपर पब्लिक च्वाइस सव टाइटलसमेत हात पारिन् ।नन्द इन्टरटेन्टमेन्ट प्रालिले पहिलो पटक आयोजना गरेको उक्त सौन्दर्य प्रतियोगितामा फस्ट रनर अप सबिता सापकोटा र पुनम श्रेष्ठ थापामगर सेकेण्ड रन अप भइन् । यो सँगै सुपर मम्, फस्ट र सेकेण्ड रनर अपले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद प्राप्त गरे ।

सुपर मम्को अन्य टाइटलअन्तर्गत क्रमशः सुपर हेयरमा पुनम थापा श्रेष्ठ, फोटो जेनिकमा सुनमाया मगर, बेस्ट वाकमा बिनु गुरुङ, पर्सनालिटीमा किरण शर्मा, डिसिपिलिनमा मनिका प्रधानले आफ्नो स्थान सुरक्षित गरे ।

‘शैक्षिकस्तर माथि उकास्न आवश्यक’

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
‘शैक्षिकस्तर माथि उकास्न आवश्यक’
लेखनाथ, २० माघ । कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालय पोखरा महानगरपालिका वडा नं २७ को ५६ औं बार्षिकोत्सव शनिवार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । हाल अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालनमा ल्याएसँगै अहिले उक्त विद्यालयमा ४३ जना विद्यार्थीहरू अध्ययनरत् छन् । समारोहको उद्घाटन गर्दै वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले शिक्षकको सानो प्रयासले पनि सरकारी विद्यालयको शैक्षिक स्तरलाई माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन मिलेर ल्याएको शैक्षिक योजनालाई वडाले सहयोग गर्ने वताउँदै वडाध्यक्ष गुरुङले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन पठाउने अभिभावकहरूसँग आग्रहसमेत गरे। ‘सरकारी विद्यालयमा छोराछोरी पठाउनुहोस, शैक्षिक गुणस्तर कायम गर्न वडा शिक्षा समिति तयार…

भूपू सैनिक क्लबको म्याराथन

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
भूपू सैनिक क्लबको म्याराथन
लेखनाथ, २० माघ। ‘स्वास्थ्यको लागि दौड’ भन्ने मूलनाराका साथ विभिन्न उमेर समूहको दोस्रो खुला म्याराथन दौड शनिवार सम्पन्न भएको छ। विभिन्न उमेर समूहअन्तर्गत पुरुष एवं महिला र छात्रछात्राबीच ५ किमीको दौडमा २ सयभन्दा बढी धावकले सहभागिता जनाएका थिए। संयुक्त गोर्खा भूपू सैनिक क्लब लेखनाथद्वारा आयोजित दौडको शुभारम्भ पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङले गरेका हुन्। लेखनाथ रंगशाला भण्डारढिकबाट शुरु दौड प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ४५ वर्ष उमेर समूहमाथि तुलबहादुर खत्री प्रथम हुन सफल भएका छन् भने मनबहादुर थापा द्वितीय र तेजबहादुर रन्तिजा…