जापानी पत्रकारलाई यमन जान रोक

एजेन्सी
माघ २४, २०७५

जापानी पत्रकारलाई यमन जान रोक

टोकियो, २३ माघ । जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ ।

गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस चलेको थियो । उक्त बहसपछि सरकारले युद्धग्रस्त क्षेत्रमा जापानी पत्रकारलाई जान अनुमति नदिने निर्णय लिएको थियो ।

स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै ४९ वर्षीय पत्रकार कोसुके चुनिओकाले जापानी अध्यागमन अधिकारीहरुले टोकियोस्थित हानेदा विमानस्थलमा आफूलाई रोकेको जानकारी दिए । उनले आफ्नो पासपोर्ट समेत सरकारी अधिकारीलाई बुझाउन आदेश दिइएको बताए ।

जापानका विदेशमन्त्री तारो कोनोले हानेदा विमानस्थलमा यमन जान लागेका पत्रकारलाई त्यसतर्फ प्रस्थान गर्न रोक्नेगरी सरकारले आदेश दिएको जानकारी दिए । चुनिओकाले कतार र सुडान हुँदै युद्धग्रस्त यमन पुग्ने योजना रहेको बताए ।
आफूले यमनमा जारी मानवीय तथा राहत कार्यक्रमको रिपोर्टिङ गर्ने लक्ष्य राखेर यमन जान चाहेको पनि चुनिओकाले बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत जाने

rss रासस
माघ २४, २०७५
डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध अमेरिकी सिनेट
लण्डन, २३ माघ (रासस÷सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने अपेक्षा गरिएको छ । डिसेम्बर महिनामा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुन उनी बेलायत जाने अधिकारीहरूले बताएका छन् । राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उनी विरुद्ध व्यापक प्रदर्शन भएको थियो । नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ । सुरक्षा चुनौती र नाटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री थेरेशा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको उल्लेख…

पोखरा भरतपुर उडान भरिने

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
पोखरा भरतपुर उडान भरिने
पोखरा, माघ २४ । काठमाडौंबाट ६ वटा ठाउँमा उडान गर्दै आएको श्री एयरलाइन्सले फागुन अन्तिमबाट पोखरा र भरतपुरमा उडान गर्ने भएको छ । उक्त एयरलाइन्सले बमवार्डियर क्यू ४०० जहाजबाट काठमाडौं (पोखरा (काठमाडौं उडान गर्ने तयारी थालेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि कम्पनीले पाइलटलाई तालिमका लागि इथोपियन एयरको तालिम केन्द्रमा पठाउने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा दुई वटा जहाजबाट घरेलु उडान गर्न सुरु गर्ने जनाएको छ । पोखरा र भरतपुरमा उड्ने जहाज ७८ सिटका हुनेछन् ।…