जनताको अपेक्षा पुरा हुन सकेन —वरिष्ठ नेता पौडेल

rss रासस
माघ २९, २०७५

जनताको अपेक्षा पुरा हुन सकेन —वरिष्ठ नेता पौडेल
चितवन, २९ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निराशा छाएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनद्धारा मंगलवार आयोजित पत्रकार भेटघाटमा उनले भने — “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निराशामा परिणत भएको छ ।”

नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गर्दै उनले भने— “गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।” प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले भने ।

अर्को एक प्रसङ्गमा उनले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताए । महासमितिले निर्णय गरिसकेको भन्दै उनले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने भनेको भए पनि त्यो सम्भावना नरहेको बताए ।

नेता पौडेलले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति नरहेकाले पार्टीको विधानअनुसार नयाँ व्यवस्था गर्ने बताए । केन्द्रीय समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा विधानमा उल्लेख भएअनुसारको व्यवस्था गरिने धारणा व्यक्त गरे ।

नेता पौडेलले राजीनामा दिएको नेविसङ्घका केन्द्रीय समितिका पदाधिकारीले मनलाग्दो ढङ्गबाट कोही कसैलाई पत्र लेखेर नियुक्त गर्न नसक्ने भन्दै पार्टीले लिने निर्णय नै अन्तिम हुने चेतावनी दिए ।

सल्युट गोर्खाको बधाई तथा सम्मान

एजेन्सी
फागुन १, २०७५
सल्युट गोर्खाको बधाई तथा सम्मान
पोखरा, २९ माघ। सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिले ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ति हुन सफल युवा र तिनका अभिभावकलाई बधाई तथा सम्मान गरेको छ। सल्युट गोर्खाबाट यस वर्ष २९ जना फाइनल पुगेकोमा ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा १८ जना भर्ति हुन सफल भएका छन् । कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले भर्ति हुन सफल युवालाई बधाई दिँदै भर्ति प्रकृया निःशुल्क, निष्पक्ष र पारदर्शिता रहने बताए। उनले अरुको बहकाउमा नलागी आफ्नो क्षमता भएमा अवश्य सफल भइने विश्वास व्यक्त गरे। केन्द्रका प्रबन्ध निदेर्शक राहुल पाण्डेले वीर गोर्खालीको गरिमामय इतिहास जोगाइराख्ने उद्देश्यले सन् २००९ मा सेन्टर स्थापना गरिएको बताए। उनले फौजी…

केरा बेचेर वार्षिक ५० लाख आम्दानी

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
केरा बेचेर वार्षिक ५० लाख आम्दानी
गलेश्वर, २९ माघ । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रुपैयाँसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम…