चालीस एसपी र डिएसपी वढुवा

rss रासस
माघ २७, २०७५

चालीस एसपी र डिएसपी वढुवा
काठमाडौँ, २७ माघ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ ।

नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए ।

यसरी एसएसपी बढुवा सिफारिश भएकामा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकाल छन् ।

यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिश हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, डा मेखबहादुर खत्री, विनोद सिलवाल, भीमबहादुर दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पङ्गेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरहादुर बुढामगर छन् ।

उनीहरुको उजुरीका लागि एक हप्ताको समय हुने र त्यसपछि गृहमन्त्रीस्तरीय निर्णयमा बढुवा हुने प्रावधान रहेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

सुदेश सुन्न खचाखच

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
सुदेश सुन्न खचाखच
‘बस्दैनन् किन मौनधारण गरी गोष्ठीहरु यी सब तिम्रा हात कहाँ–कहाँ बिकिसके ताली नमार्नु अब’ पोखरा, २६ माघ। खचाखच भरिएको हलमा कविता सुन्न उपस्थित श्रोतालाई ताली नमार्न आग्रह गर्दै उनले आफ्नो कविता वाचन थालनी गरे। नेपालमा सुस्ताउँदै गरेको छन्द कवितालाई नयाँ आयाम दिएर नवीन मोडमा लैजान निरन्तर लागिपरिरहेका युवा कवि सुदेश सत्याललाई पहिलोपटक पोखरामा उभ्याएको थियो–नेपाली लेखक संघ, कास्कीले। गण्डकी प्रदेशस्तरीय साहित्यिक पुरस्कार स्थापनार्थ संघले नदीपुरस्थित कन्या क्याम्पसको सभाहलमा शनिबार आयोजना गरेको कार्यक्रममा पोखराका साहित्यानुरागीमाझ सत्यालले डेढ दर्जन कविता प्रस्तुत गरे। प्रेमको विषयलाई कृष्ण र राधिकाको लीलामार्फत् उनले श्रग्विणी धारामा यसरी सुनाए –‘राधिका झैँ फूलबारीहरू, कृष्ण लीला न हुन् बाँसघारीहरू।’ प्रेमलाई यसरी…

कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम सडक कालोपत्र हुदै

rss रासस
माघ २७, २०७५
कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम सडक कालोपत्र हुदै
गलेश्वर, २७ माघ । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक चैतबाट कालोपत्र हुने भएको छ । प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम शुरु गरिने…