गौरीशंकर सहकारीको १३ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५

गौरीशंकर सहकारीको १३ औं वार्षिकोत्सव

हेमजा, २६ माघ। गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सव शनिवार सम्पन्न भयो।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि वडाध्यक्ष शोभाकर तिम्सिनाले सहकारीले सामाजिक उत्तरदायित्वका काममा पनि लगानी गर्नुपनेर्मा जोड दिए । उनले राज्यको नीति नियमको परिधिमा सहकारी संस्था पनि रहनुपनेर्मा जोड दिए। उनले एउटै सहकारीमा मात्र कारोबार गर्न आग्रह गरे।

त्यस अवसरमा सहकारीका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार रुद्रनाथ पौडेल, शेयर सदस्यतर्फबाट बासुदेव त्रिपाठी लगायतले बोलेका थिए।सहकारीका व्यवस्थापक डम्बरसिंह बस्नेतले संस्थाको वित्तीय अवस्थाबारे जानकारी दिए।

कार्यक्रमबीच उत्कृष्ट बचतकर्ताबाट चन्द्रमाया अधिकारी, आइतमाया गुरुङ, तोरणबहादुर कुँवर, मदनबहादुर कुँवर र जमुना पौडेललाई सम्मान गरियो ।

यस्तै, उत्कृष्ट ऋणी सदस्यमा रजनी शर्मा पौडेल, पममाया पुन, कृष्णराज पोखरेल, कृष्णबहादुर थापा र भेषबहादुर कुँवरलाई सम्मान गरिएको थियो।

कार्यक्रममा असिम विष्ट र निशा क्षेत्रीलाई उत्कृष्ट बालबचतकर्ता, विज्ञान कुँवर, विज्ञप्ति कुँवर, विप्लव कुँवर, सिद्घार्थ कुँवर, सुशील अधिकारी, नवीन क्षेत्री, सुरक्षा केसी, सावित्री तिवारी, स्वरुप सापकोटा तथा प्रीन्सा कुँवरलाई बालबचत प्रोत्साहनबाट सम्मानित गरिएको थियो। लालबहादुर थापा र कलावती थापा ज्येष्ठ सदस्य सम्मान एवं मैया तिम्सिना उत्कृष्ट कर्मचारीबाट पुरस्कृत भए।

विद्यालयमा ५० हजार रुपैयाँ बराबरको अक्षयकोष घोषणा गरियो भने एटिएम कार्ड पनि वितरण गरियो। वनभोजबीच भएको कार्यक्रम सहकारी उपाध्यक्ष दानबहादुर थापाको अध्यक्षतामा भएको हो । सहकारी सचिव घनश्याम तिम्सिना तथा व्यवस्थापक बस्नेतले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।

स्पर्स लघुवित्तको अर्धवार्षिक समीक्षा

एजेन्सी
माघ २८, २०७५
स्पर्स लघुवित्तको अर्धवार्षिक समीक्षा
पोखरा, २७ माघ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरूको लागि आ.ब. २०७५/०७६ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । बन्दीपुरमा आयोजित एक दिने समिक्षा गोष्ठीको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सजल खड्काले संस्थाको यस आ.ब.को अर्धबार्षिक प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा चुनौति अवसरहरू, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीतिबारे सहभागीहरूलाई प्रष्ट पारेका थिए । वित्तीय संस्थाका विभागीय प्रमुखहरूले सहजिकरण गरेको उक्त गोष्ठीमा शाखा प्रवन्धकहरूले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति, रणनीतिबारे  योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ति गर्ने प्रतिवद्धता जनाएका थिए ।  वित्तीय संस्थाले सदस्य विस्तार, ऋणी सदस्य, लगानीमा रहि…

‘तीनखम्बे अर्थनीति अनुशरण आवश्यक’

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
पोखरा, २६ माघ। नेपालको संविधानबाट निर्देश तीनखम्बे अर्थनीति अनुशरण गर्न सकेमात्र देशको विकास द्रूत गतिमा अगाडि बढ्न सक्ने शनिवार पोखरामा आयोजित कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा विभिन्न संस्थाका प्रतिनिधिले जोड दिएका छन्। दीर्घकालीन सोच सहितको पन्ध्रौ पञ्चवर्षीय योजना अवधारणा पत्रमा राय संकलन गर्न राष्ट्रिय योजना आयोगको दुईदिने कार्यक्रमअन्तर्गत दोस्रो दिन पोखरामा निजी क्षेत्रसँगको छलफलमा उद्योगी व्यवसायीले यस्तो जोड दिएका हुन्। सार्वजनिक, निजी र सहकारीबीच सहकार्यबाट मात्र देशमा उत्पादन र रोजगारी सृजना गर्न सकिने तर निजी क्षेत्रलाई सरकारले सधै बेवास्ता गर्दै…