गण्डकी मेडिकल कलेज विवाद

विद्यार्थीले थाले रिले अनसन

गण्डकी मेडिकल कलेज विवाद

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

पोखरा, २७ माघ। सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीले आईतबारदेखि रिले अनसन थालेका छन् ।

नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेभन्दा बढी अबैध रुपमा कलेजले शुल्क लिएको भन्दै उनीहरु बढी रकम फिर्ताको माग सहित माघ १७ गतेदेखि आन्दोलनमा छन् । हरेक बर्षजसो विद्यार्थी शुल्कको विरोधमा आन्दोलन गर्छन् । तर कलेजले अबैध शुल्क लिन छोडेको छैन ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका छन् । तर प्रशासनले समेत कारबाहीमा चासो नदिएको उनीहरुको आरोप छ । आन्दोलन गरेको आधा महिना भैसक्यो, विद्यार्थीको माग कसैले सुनेन । न कलेज प्रशासन बार्तामा आउँछ, न प्रशासनले कारबाही गर्छ, विद्यार्थी प्रविन गौतमले भने–हाम्रो माग पूरा नभएसम्म रिले अनसन जारी हुन्छ ।

कलेजले सबै विद्यार्थीसँग बषेर्नी तोकिएभन्दा १ देखि ३ लाखसम्म बढी रकम असुलेको विद्यार्थीहरुले बताए । विद्यार्थीले गरेका आन्दोलनलाई अभिभावकहरुले समेत सहयोग गरेका छन् । एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, ब्याचलर इन फामेर्सी, बिएस्सीका विद्यार्थीले आन्दोलन थालेपछि कलेजको पढाई समेत ठप्प छ । एक सातादेखि कलेजमा तालाबन्दी छ । त्यसपछि पनि नसुनेको भन्दै माघ २२ गते अस्पतालको ओपिडी तथा सुपरिटेण्डेण्टको कार्यकक्षमा विद्यार्थीले सामुहिक तालाबन्दी गरे । तर कलेज प्रशासनले चाहीँ अवैध रुपमा शुल्क नलिएको दावी गर्छ । अस्पतालको ओपिडी सेवा बन्द गरेकै दिन सहायक डीन प्राडा. राजेन्द्र प्रसाद शर्मा गुरागाईले विद्यार्थीको मागबारे सबै रिपोर्ट पठाउन र तत्काल पठनपाठन सुरु गर्न पत्र पठाएका थिए । कलेज प्रशासनले चाहीँ संस्थानले अनुगमन गर्ने र संस्थानकै निर्णय कार्यान्वयन गर्ने भन्दै डिनले लेखेको पत्रको जवाफ फर्काएको छैन । ‘हाम्रो अनुगमन गर्ने भिसीले हो । डिनले पठाएको पत्र मान्नुपर्ने बाध्यता छैन, कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले भने–भिसी कार्यालयले गरेको निर्णय हामी स्विकार्छौ ।

हिमपातका कारण मनाङमा तीन सातादेखि ढुवानी ठप्प

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
हिमपातका कारण मनाङमा तीन सातादेखि ढुवानी ठप्प
लमजुङ, २७ माघ । हिमपात भई सडक र पैदल यात्राको बाटोमा समेत हिउँ जम्न गएका कारणले मनाङमा तीन सातादेखि ढुवानी ठप्प भएको छ । मनाङमा तीन सातादेखि हिउँ पन्छाउन नसक्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । हिमपातले खसालेको ढुंगा, ढालेको रूख पन्छाउन नसक्दा मनाङमा खाद्यान्न आपूर्ति तीन सातादेखि ठप्प भएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोला नजिकै हिमपातले ठूलो ढुंगा पल्टाएर बाटो अवरुद्ध भएको छ । तीन सातादेखि निरन्तर हिउँ पर्न थालेको मनाङमा त्यस समय यता सवारी आवागमन ठप्प भएको प्रजिअ देवकोटाले बताए ।  उनका  अनुसार सडक डिभिजन कार्यालय दमौलीबाट आएका इन्जिनियर तत्काल सडकमा रहेको हिउ हटाउन…

सांसद गुरुङद्वारा २ लाखको अक्षयकोष

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
सांसद गुरुङद्वारा २ लाखको अक्षयकोष
पोखरा, २७ माघ। गण्डकी प्रदेश सांसद मीना गुरुङले पोखरा बहुमुखी क्याम्पसमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । वसन्तपञ्चमी एवं श्रीपञ्चमी अवसरमा आइतबार क्याम्पसको विद्यार्थी कल्याणकारी संघले आयोजना गरेको कार्यक्रममा सांसद गुरुङले सो रकम क्याम्पस प्रमुख शिशुकला पराजुलीलाई हस्तान्तरण गरिन् । अक्षयकोष रकमबाट वार्षिकरुपमा गरीब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति प्राप्त गनेर्छन् । सोही क्याम्पसमा स्तातक अध्ययनरत् गुरुङले आफूले पढेको क्याम्पसमा सरस्वती पूजाकै दिन यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आँखाले देखेसम्म र मस्तिष्कले काम गरेसम्म पढाइ नछाड्ने र समाजमा अरुको…