गगनसिंहको ‘हाम्रो साडीखोला’

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
माघ २७, २०७५
गगनसिंहको ‘हाम्रो साडीखोला’

नेपाल सरकारका सेवानिवृत्त उपसचिव गगनसिंह असलामी थापा मगरको ‘हाम्रो साडीखोला’ पुस्तक लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता सुरेन्द्र थापामगर।   तस्वीरः असफल गौतमको

पोखरा, २५ माघ।नेपाल सरकारका सेवानिवृत्त उपसचिव गगनसिंह असलामी थापा मगरले आफ्नो जन्मथलो चिनाउने हाम्रो साडीखोला पुस्तक लिएर आएका छन्।

उक्त पुस्तकको शनिवार राजनीतिक विश्लेषक अधिवक्ता सुरेन्द्र थापामगरले लोकार्पण गरे।

कार्यक्रमका प्रमुख अतिथि थापा मगरले गगनसिंहको हाम्रो साडीखोला पुस्तक मगर समुदायको वर्णमाला हो भने। उनले मगर जातिको नामाकरणदेखि साडीखोलामा बसोबास गर्ने मगरजातिको विवरणसम्म अटाउनु  ज्यादै महत्वपुर्ण कार्य भएको बताए।

कृतिको समीक्षा गर्दै समालोचक असफल गौतमले सरकारी सेवाबाट निवृत्त भएपछि धेरैको जीवन त्यत्तिकै बितिरहेको वेला गगनसिंह जस्ता जुझारु र इमान्दार बनेर केही गरौं भनेर सबै लाग्नुपर्ने धारणा व्यक्त राख्दै पुस्तक सिङ्गो सादीखोलाको पाश्र्वचित्र भएको बताए।

साथै असफलले कृतिको भाषाका सन्दर्भमा केही त्रुटिरहेतापनि भित्र समावेश गरिएका पुस्तक पछिल्लो पुस्तालाई सङ्गृहीत गरेर राख्नुपर्ने सन्दर्भ सामग्रीका रुपमा चिनाए।

पत्रकार भरत कोइरालाले गगनसिंहले पुस्तक प्रकाशनका लागि थापाको लामो सङ्घर्ष र मेहनत रहेको बताए।

स्रष्टा गगनसिंह थापा मगरले एउटा स्रष्टाले थालेको राम्रो प्रयासलाई सबैले अनुशरण गर्न अनुरोध गरे।

उनले, साडीखोला गाउँको वास्तविक इतिहास भएको बताउँदै सबैलाई आ–आफ्नो ठाउँको इतिहास लेखुन भन्ने मान्यताकै कारण यो कृति लेखेको बताए।

कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रीय सदस्य फूलकुमारी थापा, साहित्यकार लोकबहादुर थापा, साडीखोला पोखरा सम्र्पक समितिका अध्यक्ष श्रीमान थापा मगर, सहसचिव सञ्जीव थापामगरलगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन इन्दिरा थापाले गरेकी थिइन्।

सुदेश सुन्न खचाखच

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
सुदेश सुन्न खचाखच
‘बस्दैनन् किन मौनधारण गरी गोष्ठीहरु यी सब तिम्रा हात कहाँ–कहाँ बिकिसके ताली नमार्नु अब’ पोखरा, २६ माघ। खचाखच भरिएको हलमा कविता सुन्न उपस्थित श्रोतालाई ताली नमार्न आग्रह गर्दै उनले आफ्नो कविता वाचन थालनी गरे। नेपालमा सुस्ताउँदै गरेको छन्द कवितालाई नयाँ आयाम दिएर नवीन मोडमा लैजान निरन्तर लागिपरिरहेका युवा कवि सुदेश सत्याललाई पहिलोपटक पोखरामा उभ्याएको थियो–नेपाली लेखक संघ, कास्कीले। गण्डकी प्रदेशस्तरीय साहित्यिक पुरस्कार स्थापनार्थ संघले नदीपुरस्थित कन्या क्याम्पसको सभाहलमा शनिबार आयोजना गरेको कार्यक्रममा पोखराका साहित्यानुरागीमाझ सत्यालले डेढ दर्जन कविता प्रस्तुत गरे। प्रेमको विषयलाई कृष्ण र राधिकाको लीलामार्फत् उनले श्रग्विणी धारामा यसरी सुनाए –‘राधिका झैँ फूलबारीहरू, कृष्ण लीला न हुन् बाँसघारीहरू।’ प्रेमलाई यसरी…

क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस— सुन्तली मलेसिया

एजेन्सी
माघ २५, २०७५
क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस— सुन्तली मलेसिया
पोखरा, २५ माघ । काठमाडौंको राष्ट्रिय सभा गृहमा माघ १६ गते घोषणा गरिएको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस—सुन्तलीले आफ्नो प्रस्तुति प्रदर्शन गरेका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको थियो । उक्त टोलीमा लोक गायक बद्री पंगेनी, आधुनिक गायिका मेलिना राई, लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन्। यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले…