क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस— सुन्तली मलेसिया

एजेन्सी
माघ २५, २०७५

क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन धुर्मुस— सुन्तली मलेसिया
पोखरा, २५ माघ । काठमाडौंको राष्ट्रिय सभा गृहमा माघ १६ गते घोषणा गरिएको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन मलेसिया पुगेका धुर्मुस—सुन्तलीले आफ्नो प्रस्तुति प्रदर्शन गरेका छन् ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सांस्कृतिक टोलीलाई भव्य स्वागत भएको थियो ।

उक्त टोलीमा लोक गायक बद्री पंगेनी, आधुनिक गायिका मेलिना राई, लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ छन्। यी दुई ब्रान्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ(२०७५’ को आयोजना गरेको हो।

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ। उक्त दुई सोमा धुर्मुस–सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोर मनोरञ्जन लिएका थिए । उनीहरूसँगै टोलीमा रहेका गायक गायिकाले पनि दर्शकको मन जितेका छन्।

क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने टोलीले जनाएको छ। झन्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाबाट सहयोग पाउने आशा धुर्मुस–सुन्तलीले गरेका छन् ।

निजी क्षेत्रविरुद्ध हुने गतिविधि प्रति सचेत रहन आग्रह

एजेन्सी
माघ २५, २०७५
निजी क्षेत्रविरुद्ध हुने गतिविधि प्रति सचेत रहन आग्रह
पोखरा, २५ माघ । पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ । संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन गर्नुका साथै व्यवसाय व्यवस्थापन तालिमको सुरुवात गरेको छ । संघको सचिवालयमा भएको झण्डोत्तलन कार्यक्रममा अध्यक्ष दामु अधिकारी, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसमितिका सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो । वार्षिकोत्सवकै अवसरमा आयोजित व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिमको उद्घाटन समेत गरिएको छ । संघका अध्यक्ष दामु अधिकारीले पोखराको आर्थिक र सामाजिक विकासको अगुवा र सहयात्रीको रुपमा क्रियाशिल संस्थालाई अझ मजबूत र सवल रुपले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । पछिल्लो समयमा पोखरा उद्योग…

कल्याण शेरचनको आठौं स्मृति दिवस

शिक्षासेवीको योगदानको कदर

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
कल्याण शेरचनको आठौं स्मृति दिवस
पोखरा, २४ माघ। कल्याण शेरचन स्मृति प्रतिष्ठानले शिक्षासेवी गणेशबहादुर गुरुङलाई अभिनन्दन गरेको छ। लोकस्रष्टा कल्याण शेरचनको आठौं स्मृति दिवस अवसरमा विहीवार पोखरामा आयोजित समारोहमा शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएकोमा प्राध्यापक गुरुङलाई अभिनन्दन गरिएको हो। प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख शिक्षाविद् जर्ज जोनले गुरुङलाई दोसल्ला ओढाएर अभिनन्दनपत्र प्रदान गरे । पर्वतको ठानामौलामा १९९५ सालमा जन्मेका गुरुङले विसं २०२६ देखि २०५९ सम्म पृथ्वीनारायण क्याम्पस सहित विभिन्न शैक्षिक क्षेत्रमा अध्यापन गरेका थिए। २०२६ सालमा प्राध्यापक शुरु गरी २०३३ सालदेखि ०३६ सालसम्म दाङस्थित महेन्द्र…