को होला मिस तामाङ ?

एजेन्सी
माघ १०, २०७५

को होला मिस तामाङ ?

पोखरा, ९ माघ । २८५५ औ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराको आयोजनामा माघ १२ गते ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा हुँदैछ ।

पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ज्याक तामाङले भने, ‘भाषा, संस्कार र संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकालसम्म जीवन्त बनाइराख्न कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौ ।

उनले भने ‘अगाडिका संस्करणमा सहभागी नानीहरूले आफ्नो जाति, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले पनि हामी हाम्रो उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं।’

प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरू प्रतिस्पर्धीका रूपमा सहभागी छन्। सहभागीहरूमा काठमाडौंका रीता लोप्चान, पोखरा बुद्धचोकका सोनी तामाङ, बिरौटाका कुसुम तामाङ, बाटुलेचौरका सोफिया स्याङबो, बिरौटाका सुस्मा लोप्चान, लामागाउँका श्वेता पाख्रिन, सृजनाचोकका आशा तामाङ, एयरपोर्टका अस्मिता तामाङ, घारीपाटनका रीस्ता घिसिङ, काठमाडांैका जेमिना घिसिङ, रामेछापका सजना वाइवा, रत्नचोकका अमृता तामाङ, लेकसाइडका मिनु थोकर र नालामुखका प्रीति तामाङ रहेका छन्।

प्रतियोगीहरूलाई विभिन्न तालिम प्रदान गरिएको आयोजकले जनाएको छ। तालिममा महानायक राजेश हमाल, कलाकार सन्दीप क्षेत्री, हरिहर अधिकारी, जीपी तिमिल्सिनाले सहजीकरण गरेका थिए।

यसैगरि गायक राजु लामा, गायिका तृष्णा गुरुङ लगायतले समेत तालिम प्रदान गरेका थिए। तालिममा प्रतियोगीहरूलाई तामाङ भाषा, संस्कार, परम्परा, भेषभुषा, रहनसहन तथा धर्मका विषयमा जानकारी प्रदान गरिनुका साथै व्यक्तित्व, नेतृत्व विकास, सार्वजनिक भाषणकला, महिला सशक्तिकरण, सकारात्मक सोँच, आत्मरक्षाका विषयमा पनि प्रशिक्षण गराइएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताइन ।

कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणाधीन रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने बताइएको छ।

पत्रकार सम्मेलनमा मिस तामाङ पोखरा २०१८ कविता योञ्जनले अन्य सौन्दर्य प्रतियोगिताभन्दा मिस तामाङ पोखरा पृथक रहेको बताइन् ।

विजेतालाई ताज, ट्रफीसहित ५० हजार रूपैयाँ साथमा म्यूजिक भिडियोको अवसर मिल्नेछ ।

फस्ट रनर अपले ३० हजार, सेकेण्ड रनर अपले फस्ट रनर अपले २० हजार र  भ्यूवर्स च्वाइसले १५ हजार पुरस्कार समेत प्राप्त गर्ने छन्।

महाशिलामा निःशुल्क स्वास्थ्य शिविर

एजेन्सी
माघ १०, २०७५
महाशिलामा निःशुल्क स्वास्थ्य शिविर
पोखरा, ९ माघ । पर्वतको महाशिला–५, लुंखु स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, लायन्स पोखरा लालीगुराँस, लायन्स पोखरा डेष्टिनेशन, लायन्स पोखरा पिस होम, लायन्स पोखरा वर्कि· टुगेदरको अयोजनामा शिविर भएको हो । गण्डकी मेडिकल कलेज पोखरा र मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरको स्थानीय व्यवस्थापन महाशिला वडा ५ ले गरेको थियो । शिविरमा एक हजार जनाले स्वास्थ्य जाँच गराएको बताइएको छ । कार्यक्रममा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । प्रमुख अतिथि महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले शिविरले स्वास्थ्य सेवामा पहुँच पु¥याउन मद्दत मिलेको बताए । लायन्स क्लब ३२५ वि वान डिष्ट्रिक पिआरओ इन चिफ परमेश्वर बरालले…

स्ववियु सभापति र सचिव अनसनमा

आदर्श समाज सम्वाददाता
माघ ८, २०७५
स्ववियु सभापति र सचिव अनसनमा
पोखरा, ७ माघ।पोखरा विश्वविद्यालयका स्ववियु सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले आमरण अनसन शुरु गरेका छन्। ‘पोखरा विश्वविद्यालय बचाऔं’ अभियानका साथ विश्वविद्यालयमा लगाइएको ताला तत्काल खोलिनुपर्ने माग गर्दै उनीहरु सोमबार दिउँसो साढे ४ देखि विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा अनसन बसेका हुन्। स्ववियुले आफूहरुले विगतमा प्र्रस्तुत गरेको १९ बुँदे माग अझै पूरा नभएको र त्यसको दबाब दिन पनि अनसन थालेको जनाएको छ। उनीहरुले विश्वविद्यालयमा मेडिकल कलेज साथै आफ्नै अस्पताल निर्माण गरिनुपर्ने, प्रत्येक प्रदेशमा आंगीक क्याम्पस खोल्नुपर्ने, रिचेकिङको उत्तरपुस्तिका हेर्ने व्यवस्था…