केरा बेचेर वार्षिक ५० लाख आम्दानी

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५

केरा बेचेर वार्षिक ५० लाख आम्दानी
गलेश्वर, २९ माघ । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रुपैयाँसम्म कमाउन सफल भएका छन् ।

गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन् ।

अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन् । खबराका अगुवा कृषक शोभित सापकोटाका अनुसार यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख आम्दानी गरेका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न बालीको खेती हुने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए ।

यहाँका सबै कृषकले केरा खेती गरेका छन । गाउँको करीब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । सापकोटाले भने “खबराको मुख्य आम्दानीको स्रोत भनेकै केरा खेती हो ।” सापकोटाका अनुसार विगत तीन वर्षदेखि यहाँका कृषकले व्यावसायिक केरा खेती शुरु गरेका हुन् । करीब १५० घरधुरीको बसोबास रहेको खबराका बासिन्दाले केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केरा खेती गरेका छन् ।

खबराकी जाँगरिली महिला तारा कुँवरको जीवनस्तर पनि केरा खेतीबाटै फेरिएको छ । वार्षिक तीन लाखको केरा बिक्री गर्दै आएकी कुँवरले केरासँगै तरकारी खेती पनि गरेकी छन् ।

“वार्षिक रु दुई लाखदेखि तीन लाखसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केरा खेती हो”, कुँवरले भनिन् करीब ५० घरले बगैँचा नै बनाएर व्यावसायिक केरा खेती गरेका छन् । १०र१५ घारी केरा नलगाएको घर नै छैन । मानबहादुर थापा, बलबहादुर कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा गाउँमा लयाएका थिए ।

मजदुर अभावमा खाद्यबाली हुने जमीन बाँझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी बलबहादुर कुँवरले बताए । खबराको केरा बेनीमा खपत हुन्छ । “केरा बेचेर वार्षिक ५० हजारदेखि ६० हजार आम्दानी नगर्ने खबरामा कुनै घर नै छैन”, कुँवरले भने दैनिक पाँचभारीका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन् । पकाएको प्रति १२ कोसाको मूल्य १०० का दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडाध्यक्ष हीराबहादुर थापाले बताए । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि तीन लाख विनियोजन भएको छ ।

जनताको अपेक्षा पुरा हुन सकेन —वरिष्ठ नेता पौडेल

rss रासस
माघ २९, २०७५
जनताको अपेक्षा पुरा हुन सकेन —वरिष्ठ नेता पौडेल
चितवन, २९ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निराशा छाएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्धारा मंगलवार आयोजित पत्रकार भेटघाटमा उनले भने — “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निराशामा परिणत भएको छ ।” नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी गर्दै उनले भने— “गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।” प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले भने । अर्को एक प्रसङ्गमा उनले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने बताए । महासमितिले निर्णय गरिसकेको भन्दै…

पोखराको लेकसाइडमा बालकको हत्या

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
पोखराको लेकसाइडमा बालकको हत्या
पोखरा, २९ माघ । पोखरा –६ लेकसाइडमा १४ वर्षीय बालकको सोमबार राति हत्या भएको छ । पाल्पा जिल्ला घरभई पोखराको लेकसाइडमा आमा सुनीतासँग बस्दै आएका सचिन सिँजालीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । हत्या गरिएको अवस्थामा मंगलवार विहान लेकसाइडको हल्लनचोक स्थित एक निमार्णाधिन घरको भूइतलामा उनको शव भेटिएको हो । उनका बाबु गोविन्द भने १२ बर्षदेखि पत्नी सुनीतासँग सँगै नवसेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आशङ्कामा दुई तीन जनालाई पक्राउ गरिएको र हत्यामा सम्लग्न…