केपी ओली नेतृत्व सरकारले संविधान विपरित काम गरेको छ —शर्मा

एजेन्सी
माघ २२, २०७५

केपी ओली नेतृत्व सरकारले संविधान विपरित काम गरेको छ —शर्मा

पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपीशर्मा ओली नेतृत्वको सरकारले नै संविधान बिरोधी काम गरिरहेको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता शर्माले यस्तो आरोप लगाएका हुन् ।

कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको जानकारी दिएका छन्, उनले भने—देश उल्टो दिशामा गइरहेको छ,यो स्वीकार गर्न सकिँदैन,सरकारले संविधान पालना गरिरहेको छैन, मैले सरकारको विरोध गर्न खोजेको होइन तर सरकारले विधेयक ल्याउँदा संविधान अनुसार ल्याएन ।

राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको उनको भनाइृ छ । प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने? प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने?,’ शर्माले भने, ‘ यो जे भइरहेको छ, राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको छ।

यसअघि सरकारले प्रदेश प्रहरीको परिचालनको अधिकार पनि सिडिओलाई दिने गरी विधेयक ल्याएको थियो। नेपाल प्रहरी र प्रदेश प्रहरीको कामसम्बन्धी प्रतिनिधि सभामा दर्ता विधेयकले प्रमुख जिल्ला अधिकारीमातहत प्रदेश प्रहरी रहने व्यवस्था गरेको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) देखि माथिका अधिकृतको सरूवाबढुवा पनि केन्द्रले नै गर्नेछ। प्रदेशलाई प्रहरी निरीक्षकसम्मको भर्ना र सरूवाबढुवामा सीमित गरिएको छ।

शान्ति सुरक्षा तथा आन्तरिक व्यवस्था ऐनमा संशोधन गर्न बनाइएको विधेयकमा पनि जिल्लाको सिडिओ संघीय निजामती कर्मचारी मध्येबाट नियुक्त हुने र उनीहरूले केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा काम गर्ने भनिएको छ।

उनले आफ्नो पार्टी निकट कर्मचारीहरूलाई पनि हिजो आन्दोलन गरेको जस लिने हो भने प्रदेश र स्थानीय सरकारमा गएर सेवा गर्न सुझाव दिए।उनले अहिले व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन नभएकाले यसमा गर्व गर्नुको कुनै अर्थ नभएको बताए।

राणा र राजाहरू पनिल सिंहदरबारमा त बसिरहेका थिए। पूराना शासकजस्तो शासकीय चरित्र बोकेर सेवा गर्न सकिँदैन,’ शर्माले भने,‘ हामीले संविधानमा राखेका कुरा कार्यान्वयन नभए हामीले व्यवस्था परिवर्तन ग¥यौं भनेर गर्व गर्नुको अर्थ छैन। अहिले हामीसँग दुई तिहाइको बहुमत छ भन्दै हिँड्ने बेला होइन बरू विनम्रतापूर्वक जनतामा गएर सेवा गर्ने बेला हो।

सांस्कृतिक पर्व र भेषभुषा मार्फत समृद्धि — प्रधानमन्त्री

एजेन्सी
माघ २२, २०७५
सांस्कृतिक पर्व र भेषभुषा मार्फत समृद्धि — प्रधानमन्त्री
पोखरा, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक पर्व र भेषभुषा मार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मंगलबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन् ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको छ । नेपालमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । उनले समृद्धिको यात्रामा…

हुन्डी कारोबारी विरुद्ध मुद्दा

एजेन्सी
माघ २२, २०७५
हुन्डी कारोबारी विरुद्ध मुद्दा
पोखरा, २२ माघ । म्यासेन्जर एप्लिकेसन ह्वाट्सएपको माध्यमबाट अवैध हुन्डी कारोबार गर्ने ८ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले सोमबार जनकपुरका रामेश्वर साहसहित आठ जना विरुद्ध ४ अर्व १६ करोड रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ। गैरकानूनीरुपमा विदेशी मुद्राको अन्तरदेशीय कारोबार गर्नु हुन्डी हो। यस्तो कारोबार गर्नेले कारोबारको तीनगुणा जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ। साह, उनकी श्रीमती मीनादेवी साह, मोख्त अहमद,विजय यादव, नरेश महतो, सुरज ठाकुर, पप्पुकुमार दास र सन्तोष…