कुसुमलाई मिस तामाङ उपाधि

कुसुमलाई मिस तामाङ उपाधि

एजेन्सी
माघ १५, २०७५

पोखरा, १३ माघ। २८५५ औ सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाजले आयोजना गरेको मिस तामाङ पोखराको उपाधि कुसुम तामाङले जितेकी छन् ।

ग्राण्ड फिनालेमा १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै पोखरा बिरौटाकी कुसुम तामाङले उपाधिसहित ५० हजार नगद, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी हुन् । उनलाई मिस तामाङ पोखरा–२०१८ कविता योञ्जनले क्राउन लगाइदिएकी थिइन्।

प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यांशले के पुष्टि गर्छ भन्ने प्रश्नमा कुसुमको जवाफले निर्णायकको मन जितेको थियो। वेस्ट पर्सनालिटी टाइटलसमेत जितेकी उनले म्यूजिक भिडियोमा अभिनय अवसर प्राप्त गरेकी छन् ।

प्रतियोगितामा नालामुखकी प्रीति तामाङले मिस कन्फिडेण्ट टाइटलसँगै फस्ट रनरअप उपाधि पाइन् ।  रामेछापकी सजना वाइवा मिस ट्यालेण्ट टाइटलसंगै सेकेण्ड रनरअप बनिन्। उनीहरुले क्रमशः ३० र २० हजार सहित ताज, ट्रफी, प्रमाणपत्र हात पारे ।

यसैगरी, लामागाउँकी श्वेता पाख्रिनले मिस पपुलरको टाइटलसंगै भ्यूअर्स च्वाइस अवार्ड हात पारिन्। उनले १५ हजार पुरस्कार प्राप्त गरिन्।

यस्तै, बिरौटाकी सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरकी सोफिया स्याङबो मिस पङ्च्युवल, काठमाडौंकी जेमिना घिसिङ मिस फ्रेण्ड्ली, घारीपाटनकी रीस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोककी अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टकी अस्मिता तामाङ वेस्ट वाक, काठमाडौंकी रीता लोप्चान वेस्ट स्माइल, लेकसाइडकी मीनु थोकर वेस्ट पर्फमेन्स, बुद्धचोककी सोनी तामाङ ब्यूटी वीथ पपोर्ज, सृजनाचोककी आशा तामाङले वेस्ट हेयर टाइटल जिते ।

निर्णायकमा लामासहित मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सहप्रशासकीय अधिकृत, पहिलो मिस पोखरा फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपाल संयोजक रञ्जिता लामा, गायक, संगीतकार श्यामसुङ तामाङ थिए।

कार्यक्रममा प्रमुख अतिथि अन्तराष्ट्रिय तामाङ परिषद अध्यक्ष केएम तितुङ, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल तामाङ घेदुङ गण्डकी अध्यक्ष दीपक वाइवा, प्रमुख निणार्यक लामा, कलाकार प्रशान्त ताम्राकार लगायतले बोलेका थिए।

समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जयन्ती मोक्तानले गरेका थिए। कार्यक्रम सञ्चालन सञ्चारकर्मी सञ्जय मल्ल, संस्थाका सचिव डोल्मा लामा, आश्मा तामाङ, राम लामाले गरेका थिए। कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने अध्यक्ष ज्याक तामाङले बताए।

पेमा छाल गुम्बामा भज्रकिलाया पूजा

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५
पेमा छाल गुम्बामा भज्रकिलाया पूजा
हेमजा, १४ माघ। हेमजा याम्दीस्थित पेमा छाल शाक्य गुम्बामा सोमवारदेखि भज्रकिलाया (देवताको नाम) महापूजा शुरु भएको छ। २१४६ औं माटो सुँगुर ल्होसार अवसरमा शुरु पूजा एक हप्तासम्म चल्नेछ। जसमा लामा पूजारी खेन्पो जाम्पा ढाक्पा तथा लोपोन नवाङ ढाक्पाले सहजीकरण गरिरहेका छन्।पूजामा गुम्बामा अध्ययनरत ७० जना लामा भिक्षु साथै अमेरिका ओहायोबाट स्टेफेन हायेसको नेतृत्वमा आएको ६ सदस्यीय टोली पनि सहभागी छ। प्राणीहरुको सुःस्वाथ्य, शान्ति, एवं समृद्घिका लागि विगत वर्षदेखि नै पूजा गरिँदै आइएको गुम्बा व्यवस्थापन समिति महासचिव लोब्साङ छिरिङले जानकारी दिए। कुनै रोकावट नष्ट गर्न तथा ग्रहशान्तिका लागि पूजा फलदायी बन्ने विश्वास गरिएको छ। बिहान ६ बजेदेखि दिउँसो साढे ४ बजेसम्म…

गण्डकीमा ४८२ भीआइपीको भ्रमण

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५
पोखरा, १४ माघ । गण्डकी प्रदेशमा चालु आवको ५ महिना अवधिमा ४ सय ८२ जना भीआइपीको भ्रमण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुस मसान्तसम्म केन्द्रका भीआइपी र भीभीआइपी ३ सय ५ र प्रदेश १ सय ७७ भीआइपी सहित ४ सय ८२ जनाले प्रदेशको भ्रमण गरेको प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत जनाएको हो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रदेशमा प्रहरी जनशक्ति अभाव रहेको बताए । उनले भीआइपी र भीभीआइपीको प्रदेशमा भ्रमण हुँदा जनशक्तिसहित स्रोत साधनको व्यवस्थापनमा कमी हुने गरेको…