कास्कीमा पुस्तक दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

कास्कीमा पुस्तक दिवस मनाइयो
माघ २८ पोखरा । छैटौ राष्ट्रिय पुस्तक दिवसको अवसरमा आइतवार पोखरामा पुस्तक दिवस मनाइएको छ ।

कास्कीले मादी गाउँपालिका —७ छाचोक स्थित कालिका आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरी नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघ कास्कीले पुस्तक दिवस मनाएको हो ।

उक्त विद्यालयमा अध्यनरत विद्यार्थीलाई चालिस हजार रुपैयाँ बराबरको झोला, स्टेशनरी सामाग्री र खेलकुदका सामाग्री प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष मोहन सापकोटाले जानकारी दिए । महासंघले हरेक बर्ष बसन्तपञ्चमीका दिन पुस्तक दिवस मनाउदै आएको छ ।

परियार मृत फेला

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
परियार मृत फेला
पोखरा, २८ माघ । पोखरा—३२ राजाको चौतारा निवासी ६० बर्षीय नरवहादुर परियार सोमवार दिउसो मृत अवस्थामा फेला परेका छन् । आइतवार हराएका परियारलाई खोजी गर्ने क्रममा घर नजिकैको तालबेसी खोलाको किनारमा सोमवार दिउसो फेला परेका हुन् । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरङले जानकारी दिए ।

सरकारी कर्मचारीले अब अन्यत्र काम गर्न नपाउने

एजेन्सी
माघ २८, २०७५
सरकारी कर्मचारीले अब अन्यत्र काम गर्न नपाउने
काठमाडौं, २८ माघ । सरकारी सेवामा रहेका र निवृत्त कर्मचारीलाई अबदेखि सरकारको आलोचना गर्न बन्देज लगाइने भएको छ । पूर्व सरकारी कर्मचारीले आफू सेवामा रहँदा प्राप्त सूचनालाई सार्वजनिक गर्न समेत पाउने छैनन् । कर्मचारीको परिवारका सदस्यले सरकारको स्वीकृति विना उपहार लिने छैनन्। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीलाई अनुशासित र सरकारप्रति बफादार बनाउन यस्तो व्यवस्था ल्याइएको हो । सरकारी सेवाबाट अवकाश पाएको व्यक्तिले सरकारी कामकाज सम्बन्धी समाचार प्रकाशन गरेमा निजले सरकारबाट पाउँदै…