कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम सडक कालोपत्र हुदै

rss रासस
माघ २७, २०७५

कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम सडक कालोपत्र हुदै
गलेश्वर, २७ माघ । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक चैतबाट कालोपत्र हुने भएको छ ।

प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम शुरु गरिने जानकारी दिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सञ्चारकर्मीसँगको भेटमा आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको जानकारी दिँदै आयोजना प्रमुख अधिकारीले चालू आर्थिक वर्ष्भित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने दाबी गरे ।

चालीस एसपी र डिएसपी वढुवा

rss रासस
माघ २७, २०७५
चालीस एसपी र डिएसपी वढुवा
काठमाडौँ, २७ माघ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए । यसरी एसएसपी बढुवा सिफारिश भएकामा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम…

पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी

आदर्श समाज सम्वाददाता
माघ २६, २०७५
पार्टी एक नीति दुई हुनु दुर्भाग्य — चित्र वहादुर केसी
बुटवल २६ माघ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले भनेजुयलाका सम्वन्धमा वोलेर नेकपाका अध्यक्ष प्रचण्डले हिम्मत देखाएको बताएका छन् । देश र सरकारको नेतृत्वको पार्टीबाट भनेजुयलाका सम्वन्धमा अलगअलग विज्ञप्ति आउनु दुखद भन्दै केसीले पूर्व माओवादीहरुमा अमेरिकाको सर्वसत्तावादका विषयमा अडान रहेको देखियो तर तत्कालिन एमालेको समुह अमेरिकासंग डराएको आरोप लगाए । प्रगतिशील पत्रकार संघ रुपन्देहीद्धारा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने —भनेजुयला स्वतन्त्र देश भएकाले अमेरिकाले हस्तक्षेप गर्न पाउदैन । नेपालको राष्टियता बलियो बनाउन दलहरु मिल्नुको बिकल्प छैन,…