कामीको जलेर मृत्यु

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५

कामीको जलेर मृत्यु
पोखरा, २८ माघ । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका—१ निवासी २८ बर्षीय कृष्णवहादुर कामीको जलेर मृत्यु भएको छ ।

स्थानीय ५८ बर्षीय बलवहादुर थापामगरको घरमा बस्दै आएका कामीको सोमवार दिउसो जलेर मृत्यु भएको हो । दुई तले टिनको कच्ची घरमा सामेबार आगलागी भएको र आगो स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

मन्त्री वुढाद्धारा पोखराको पर्यटकीय क्षेत्र अवलोकन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
मन्त्री वुढाद्धारा पोखराको पर्यटकीय क्षेत्र अवलोकन
पोखरा, २८ माघ । लोलुफेरा—लोमान्थांग–लुम्विनी, फेवा–रारा राष्टिय कार्यशालामा सहभागी हुन आएका कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह वुढाले पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन। अवलोकन गर्ने क्रममा आफ्नो मन्त्रालयसँग सम्वन्धित क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको केन्द्रविन्दु वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको पनि अवलोकन गरेका छन् । क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. ठाकुर सिलवालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा मन्त्रीले कर्णाली प्रदेशबाट वन संकायमा अध्ययनका लागि आउने विद्यार्थीलाई विशेष प्राथामिकता दिन आग्रह गरेका थिए । उक्त कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानको अध्ययन, अध्यापन तथा अनुसन्धानका विषयमा विषेश प्रस्तुति अध्ययन संस्थानका पूर्व क्याम्पस प्रमुख तथा सह प्रध्यापक डा. वीर…

परियार मृत फेला

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
परियार मृत फेला
पोखरा, २८ माघ । पोखरा—३२ राजाको चौतारा निवासी ६० बर्षीय नरवहादुर परियार सोमवार दिउसो मृत अवस्थामा फेला परेका छन् । आइतवार हराएका परियारलाई खोजी गर्ने क्रममा घर नजिकैको तालबेसी खोलाको किनारमा सोमवार दिउसो फेला परेका हुन् । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरङले जानकारी दिए ।