ओमद्वारा वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५

ओमद्वारा वित्तीय साक्षरता

लेखनाथ, २३ माघ। ओम डेभलपमेन्ट बैंक लिमिटेड लेखनाथ शाखाले बुधबार अर्घौस्थित लक्ष्मी माविका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सर्वसाधारण मानिसलाई कसरी वित्तीय पहुँच पुर्याउने र बैंकबाट प्राप्त हुन सक्ने वित्तीय सेवा सुविधा लिन उत्प्रेरित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवस्थापन संकायमा अध्ययनरत छात्रछात्रालाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान दिइएको थियो।

कार्यक्रममा बैंकको उत्पत्ति, बैंकका कार्यहरु, बचत गर्ने तरिका र उद्यमशीलताको विकास लगायत विषयवस्तुबारे जानकारी गराइएको थियो।

उक्त कार्यक्रमको सञ्चालन ओम डेभलपमेन्ट बैंक लेखनाथ शाखाका प्रबन्धक रसवीन्द्र अधिकारीले गरेका थिए भने प्रशिक्षण बैंकको मुख्य शाखाका प्रबन्धक सुदीप पौडेल र असुली शाखा प्रमुख बुद्धिसागर भण्डारीले गरेका थिए।

कार्यक्रममा १२ कक्षामा अध्ययनरत करिब ५० जना विद्यार्थीको सहभागिता रहेको थियो।

यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न

एजेन्सी
माघ २४, २०७५
यु–१८ टेनिसमा प्रिक्वाटरका खेल सम्पन्न
पोखरा, २३ माघ । पोखरामा जारी यु–१८ डिभिजन–५ आइटीएफ टेनिस प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएका छन्। पुरुष एकलमा शीर्ष वरियताका खेलाडी फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले जर्मनका पउल अर्मिनलाई ७–५, ६–१ सेटमा पराजित गरे। जापानका जेनी इनोउले प्रभावशाली खेल प्रस्तुत गर्दै भारतका अनमोल जैन पंकजलाई पराजित गरे। उनले जैनलाई ६–०, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए। भारतका अनुराग अग्रवालले जापानका ताकुमी वातानावेलाई ६–१, ६–२, भारतकै इशान सेठीले चाइनाका जिछुन लीलाई ६–४, ६–३, भारतकै दीपेन्द्र अग्रवालले कोरियाका जुविन किमलाई ६–३, ६–२, भारतकै उदयवीर सिंहले चाइनाका चेन लियाङलाई ६–१, ६–३, हङकङका केल लोल इन ताङ्ले भारतका…

पोखराको पर्यटन विकासमवारे सिलगुडीमा अन्तरक्रिया

rss रासस
माघ २३, २०७५
पोखराको पर्यटन विकासमवारे  सिलगुडीमा अन्तरक्रिया
सिलगुडी, २३ माघ । भारतको सिलगुडीमा मङ्गलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे छलफल भएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनको आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मङ्गलबार सिलगुडी आइपुगेको हो । मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बङ्गलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास…