एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन

एजेन्सी
माघ २८, २०७५

एनसेलसँगको बक्यौता रकम उठाउन अर्थ समितिको निर्देशन

काठमाण्डौं, २७  माघ । एनसेलसँगको बक्यौता  रकम उठाउन प्रक्रिया थाल्न अर्थ समितिले अर्थ मन्त्रालयलाई  निर्देशन दिएको छ ।

अर्थ समितिको आइतवार बसेको बैठकले एनसेलसँगको उक्त बक्यौता  रकम उठाउन निर्देशन दिएको हो । अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ  छ।

अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो। त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम ४ करोड रुपैयाँ रहेको मन्त्रालयलेउल्लेख गरेको छ । समितिको बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालय लगायतका सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ। एक महिनाभित्र उक्त रकम उठाउन निर्देशन दिएको छ । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सवोर्च्च अदालतको फैसलाको पूर्णपाठ हेर्नु पर्ने वताए ।

दायित्व कसलाई तोकेको हो त्यसलाई आधार मानेर अघि बढ्नु पर्छ’ मन्त्री खतिवडाले भने, पूर्णपाठ नहेरी अहिले नै पुँजीगत लाभकर उठाउने प्रक्रिया थालनी गर्न सकिँदैन । उनले एनसेलको खरिद बिक्रीमा कति लाभकर लाग्छ भन्ने आँकडा पनि अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र बताउन सक्ने वताए ।

अदालतले पूँजीगत लाभकर तिराउने फैसाला गरेको छ ।  कम्पनीलाई अदालतले कानुनी दायरामा ल्याएको छ। समितिले आजसम्म सरकारले एनसेलसम्बन्धी गरेको सबै निर्णय पठाउन अर्थ मन्त्रालयलाई निर्देशन गरेको छ ।

आमा मिलन केन्द्र सहकारीको नवनिर्मित भवनको उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
आमा मिलन केन्द्र सहकारीको नवनिर्मित भवनको उद्घाटन
पोखरा, २७ माघ ।  पोखरा महानगरपालिका वडा नं ८, नागढुङ्गास्थित आमा मिलन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ । गरिवी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी भवनको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आमा मिलन सहकारीले छोटो समयमा अलग पहिचान बनाउन सफल रहेको बताइन् । आफू र अरुलाई समेत बचाउने माध्यम सहकारी रहेको दावी गरिन् । सहकारीहरु समृद्धिको संवाहक रहेको चर्चा गर्दै सहकारी संस्थामार्फत गरिवी हटाउन र रोजगारी सिर्जना गर्न सकिने औंल्याए । सहकारीहरु नमुना बन्नुपनेर्मा जोड दिदै मन्त्री अर्यालले मानिसहरुलाई उत्पादनसँग जोड्न आग्रह गरिन् । उनले सहकारीको कर बृद्धि कम गर्ने सरकारको नीति उल्लेख गरिन् ।…

डायमण्ड माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २८, २०७५
डायमण्ड माविको वार्षिकोत्सव
लेखनाथ, २७ माघ । पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको डायमण्ड माविले विविध कार्यक्रमका साथ आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सासंद दिपक कोइरालले शिक्षा प्रणाली समयको मागअनुसार हुनुपनेर्मा जोड दिए । अहिलेका लागि ब्यवहारिक, प्रयोगात्मक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको बिचार राखे । विविध सास्कृतिक कार्यक्रम र गत शौक्षक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थी, दिर्घसेवा पदकबाट शिक्षकशिक्षिकालाई सम्मान गरिएको सो कार्यक्रममा विद्यालयका प्राचार्य यमबाहदुर रोक्काले विद्यालयको भावी योजना र…