एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

rss रासस
माघ २४, २०७५

एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, २४ माघ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बजार लैजानका लागि तयार पारिएको उक्त परिणामको घरेलु मदिरा नष्ट गरेको हो । कार्यालयले काठमाडौँबाट एक लाख २६ हजार लिटर, ललितपुरबाट सात हजार ३६० र भक्तपुरबाट चार हजार २६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले समाजमा हुने धेरै घटना घरेलु मदिराका कारण भएको भन्दै कार्यालयले घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान चलाएको जानकारी दिए ।

समाजमा हुने हत्या, हिंसा, बलात्कार, झँैझगडा मदिराका कारण हुने गरेको हो, उनले भने —मदिरा सेवनका कारण अपराधका घटना बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै आएको छ ।

कार्यालयले घरेलु मदिरा बनाउनका लागि प्रयोग हुने एक लाख २१ हजार ५७५ केजी कच्चा पदार्थसमेत नष्ट गरेको छ । नष्ट गरिएका सामग्रीमा काठमाडौँबाट एक लाख १८ हजार २५५ र ललितपुरबाट तीन हजार ३२० रहेका छन् ।

नेविसंघका सात विद्यार्थी पक्राउ

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
नेविसंघ नेतालाई फौजदारी मुद्दा लगाउनु गम्भीर : काँग्रेस
पोखरा, २४ माघ । पोखराको मासवारमा एक हप्ता अघि सरकारी गाडी जलाएको आरोपमा हिरासतमा रहेका तीन विद्यार्थीको रिहाइको माग गर्दै विहीबार पोखरा महानगरपालिका घेराउ गर्न गएका सात विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल विद्यार्थी संघका सात विद्याथीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सात विद्यार्थीलाई कार्यालय समय सकिएपछि साँझ पाँच वजे छाडिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकरी दिए । विद्यार्थीले महानगरीय शिक्षा महाशाखाको काममा बाधा पु¥याएको आरोपमा ती विद्यार्थीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, कमल पौडेल, लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी, उमा ठकुरी छन् ।…

अफगानिस्तान झडपमा ४२ को मृत्यु

rss रासस
माघ २४, २०७५
अफगानिस्तान झडपमा ४२ को मृत्यु
कुन्दुज, अफगानिस्तान, २४ माघ । अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए । घाइते बनेका केही लडाकूलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए । यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ…