एक बर्षभित्र देशभरमा २७ कैदीको मृत्यु

rss रासस
माघ २९, २०७५

एक बर्षभित्र देशभरमा २७ कैदीको मृत्यु

  •  मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार
  •  अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु
  • रुघा, खोकी, दम, ज्वरो, टाइफाइडका कारण

काठमाडौँ, २९ माघ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो, उनले भने ।

सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए ।

हाल देशभर झण्डै २१ हजार कैदी छन् । करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन् । कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ । आव २०७४÷७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो । मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन् । चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ ।

अमरसिद्धमा प्राविधिक शिक्षाको माग

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
अमरसिद्धमा प्राविधिक शिक्षाको माग
लेखनाथ, २८ माघ। पोखरा–३१, पचभैयाँस्थित अमरशिद्ध नमूना माविमा होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजम विषयको प्राविधिक शिक्षा आवश्यकता रहेको बताइएको छ। विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्ने अधिकांश वक्ताले बेगनास र रुपाताल स्वयंमा पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन विकासका लागि पनि होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजमको पढाइ हुनु आवश्यक भएकोमा जोडग दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले प्रविधिमैत्री पढाइलाई ध्यान दिँदै हिजोको शिक्षा प्रणाली आज आएर गुणस्तरीय हुन नसक्ला त्यसैले समयको माग अनुसार परिवर्तन हुन सक्नुपर्ने सुझाव राखेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा भण्डारढिक स्रोतकेन्द्रका…

माडी पुग्ने पर्यटकको रोजाइमा मगर होमस्टे

rss रासस
माघ २९, २०७५
माडी पुग्ने पर्यटकको रोजाइमा मगर होमस्टे
एघार घरमा होम स्टे एक घरमा तीन जनाका दरले वस्न सकिने घरबासमा रु ६०० मा खान बस्न पाइन चितवन, २९ माघ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने माडीमा पुग्ने पर्यटकको रोजाइमा त्यहाँ रहेको घरबास होमस्टे हुने गरेको छ । माडी नगरपालिका —८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक मगर होमस्टेका ११ घरपरिवारले सञ्चालन गर्दै आएका छन् । सो क्षेत्रमा रहेका निजी होटलको भन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरबासमा परम्परागत खानासँगै संस्कृति र कलाको आनन्दमा आकर्षित हुने गरेका…