उपाधिमा एपीएफ र क्यामरुन

उपाधिमा एपीएफ र क्यामरुन

प्रतिष्पर्धामा डफिन्स र मनाङ टीमका खेलाडी। तस्वीरः राम गुरुङ

Bijay Nepal विजय नेपाल
माघ २७, २०७५

पोखरा, २६ माघ। लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लब पोखरामा उपाधि यात्राबाट बाहिरिएको छ । छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको पोखरा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली क्लबसँग सडन डेथको शिकार बन्दै उपाधि विमुख बनेको हो ।

विजयी क्यामरुनी टिमले अब उपाधिका लागि आइतबार विभागीय एपीएफ टिमसँग फाइनल खेल्नेछ । जारी प्रतियोगितामा पछिल्ला लगातार ३ खेल टाइब्रेकरसम्म धकेलिए ।

शनिबार निर्धारित ९० मिनेट खेलमा दुवै टिमको १–१ बराबरी भएपछि ३० मिनेट थपहुँदै टाइब्रेकरमा पुगेको थियो ।

सडनडेथमा मनाङका बिमल रानाको प्रहार क्रसबारबाट बाहिरिन पुग्नु नै दुर्भाग्य बन्यो । यसअघि मनाङकै सुरज बिकको बल बारमा लागेर रिवाउण्ड भएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी भएकोमा डफिन्सको लागि वीलमको पहिलो प्रहार बाहिरिए पनि क्रमशः वीयीक, एक्वीम, सिलो मार्टिन्स, औरेल एनामी र क्याप्टेन जो एङ्गौलाको सुटआउट गोलमा परिणत भएका हुन्। मनाङका लागि सुजल श्रेष्ठ, अञ्जन बिष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको पेनाल्टी प्रहार सफल भएको थियो ।

प्रतियोगितामा अमेर्ल अहन्दा म्यान अफ दी म्याच घोषित भए । उनलाई पूर्व मन्त्री एवं समाजसवी उत्तम पुनले ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।  यस्तै पूर्व मन्त्री पुनले आयोजक एन्फा कास्कीलाई नगद ५० हजार प्रदान गर्ने घोषणा गरे ।

खेलको ६६ औं मिनेटमा पाहुना टोलीले अग्रता लिएकोमा १५ मिनेट नबित्दै मनाङले बराबरी खेलेको थियो । डफिन्सका यान्निकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

मनाङका लागि भने खेलको ८० औं मिनेटमा अञ्जन बिष्टको पासमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गरेका थिए ।

यसअघि एपीएफ पहिलो सेमिफाइनलमा जापानको रिस्सो युनिभर्सिटीको टीमलाई टाइब्रेकरमा ४–१ गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की अध्यक्ष मिलन गुरुङले जनाए । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा ५ विधा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।

दाहालको शैलीमा पहाडीको टिप्पणी

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
दाहालको शैलीमा पहाडीको टिप्पणी
बुटवल, २६ माघ । मानवअधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा अमेरिकाको हस्तक्षेपलाई लिएर जारी गरेको विज्ञप्तिमा अमेरिकालाई गाली गर्न नहुने बताएका छन्। रिपोटर्स क्लब प्रदेश ५ बुटवलले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मानवअधिकारीवादी नेता कृष्ण पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले भेनेजुएलाको समर्थन दाहालले गर्न पाउने तर अर्को पक्ष अमेरिकालाई गाली गर्न नमिल्ने बताए। उनले यो प्रकरणमा विश्वमा जनमत विभाजित भैरहेको भन्दै चीन भारतका आ–आफ्नौ अन्तराष्ट्रिय स्वार्थ रहेको सोही अनुसारको धारणा बनाएको बेला नेपालका नेताहरु पनि आफ्नो धारणा राख्नु गलत नहुने तर एउटालाई समर्थन गर्दा अर्को पक्षलाई गाली गर्न नहुने बताए। उनले भने, ‘उहाँ (दाहाल)…

धर्मलाई अफिम मान्ने र धार्मिकसभा द्वैध चरित्र : थापा

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
धर्मलाई अफिम मान्ने र धार्मिकसभा द्वैध चरित्र : थापा
स्याङ्जा, २६ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले धर्मलाई अफिम मान्ने तर विदेशीको निर्देशनमा ठूला धार्मिक सभा संचालन गर्ने द्वैध चरित्र बोकेका नेता एवं सरकार प्रमुख कारण मुलुक जर्जर अवस्थामा पुगेको टिप्पणी गरेका छन्। राप्रपा स्याङ्जाद्वारा पुतलीबजारमा शनिबार आयोजित सर्वधर्म समभाव वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम कामनार्थ विराट धर्मसभामा बोल्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताले मुलुकमा विदेशी चलखेलको प्रभाव तीव्र बढेको बताए । आयातित एजेण्डाका संवाहक कम्युनिष्ट भए पनि त्यसकापछि काँग्रेसले पनि…