उद्यमशील किशोरीलाई लेखा तालिम

एजेन्सी
माघ २५, २०७५

उद्यमशील किशोरीलाई लेखा तालिम

पर्वत, २४ माघ। उद्यमी युवा महिलाका लागि मोदी गाउँपालिका—६ डिमुवामा सञ्चालित तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ।

कुखुरा पालन, तरकारी खेती लगायतका क्षेत्रमा क्रियाशिल उद्यमशिल बनेका किशोरीलाई सहकारीमा आवद्ध गराई संस्थागत रूपमा तालिम सञ्चालन गरिएको हो।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा मोदी गाउँपालिका वडा ६, ७ र ८ का २० जना उद्यमी किशोरीले सहभागिता जनाएका थिए।

तालिम प्र्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई शुरु देखि नै व्यवस्थित, पारदर्शी र सबैको विश्वासनीय बनाउन लेखा प्रणालीलाई व्यवस्थित गराउनु पनेर्मा जोड दिए।

थोरै पूँजी संकलन गरेर बनाइने सहकारीलाई व्यवस्थित गराएर सहकारीमार्फत आर्थिक तथा सामाजिक अवस्था सुधार ल्याउन वित्तीय अनुशासन महत्वपूर्ण हुने भन्दै उनले लेखासम्बन्धी ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे।

तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको थियो।

चर्चामा डीपीएल, विजेतालाई ३० लाख

rss रासस
माघ २५, २०७५
चर्चामा डीपीएल, विजेतालाई ३० लाख
काठमाडौँ, २४ माघ । धनगढीमा यही माघ २६ देखि फागुन ११ गतेसम्म हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको विजेताले ३० लाख पाउने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिए। उनले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताए। त्यसमा विजेताले रु ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले रु चार लाख तथा चौथो हुने टोलीले रु दुई लाख पाउनेछन्। आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ। “मैदान तथा पाँचवटा पिच निर्माण सम्पन्न भइसकेको छ। प्रतियोगिता आयोजनाका विभिन्न…

न्याश्नल ईन्भेटिभले मनायो २१ औ वार्षिकोत्सव

एजेन्सी
माघ २५, २०७५
न्याश्नल ईन्भेटिभले मनायो २१ औ वार्षिकोत्सव
पोखरा, २४ माघ। पोखरा–६ स्थित न्याश्नल ईन्भेन्टिभ आवासीय माविको २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। प्रदेश सांंसद राजीव पहारीले समारोह उद्घाटन गर्दै अबको शिक्षा व्यवहारिक र जीवनउपयोगी हुनुपर्ने बताए। राज्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई निषेध गरेर नभई सरकारी विद्यालयलाई पनि स्तर वृद्धि गरी शिक्षामा समानता कायम गर्नुपर्ने आवश्यकता औँल्याए। निजी क्षेत्रका विद्यालयलाई अंकुश लगाएरमात्र शिक्षाको विकास नहुने उनको भनाइ थियो। पहारीले शिक्षाको क्षेत्रमा न्याश्नल ईन्भेन्टिभले प्राप्त गरेको सफलता वडा ६ का लागि पनि गौरवको विषय भएको धारणा…